रेनोको इलेक्ट्रीक कार ‘डासिया’ सार्वजनिक, १२५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने

Technology Khabar ३ मंसिर २०७७, बुधबार

रेनोको इलेक्ट्रीक कार ‘डासिया’ सार्वजनिक, १२५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने
Classic Tech
Nepal Telecom

रेनोले यूरोपियन बजारबाट कम मूल्यको इलेक्ट्रिक कार डासिया सार्वजनिक गरेको छ ।

रेनो क्वीड जस्तै देखिने डासियामा दिइएका फिचर र मूल्यको कारण यसको चर्चा बढेको बताईएको छ ।

अगाडिको ग्रिलमा दिइएको चार्जिङ प्वइन्ट, ट्वीन हेडल्याम्प, स्लीम एलइडी डेटाइम रनिङ लाइट, विभिन्न स्थानमा प्रयोग गरिएको फरक कलरले गाडीलाई निकै आकर्षक देखाएको छ ।

रेनोले डासियामा २६.८ किलोवाट आवरको व्याट्री दिएको छ । उक्त व्याट्रीले एक पटकको फुल चार्जमा हाइवेमा २२४ किलोमिटर र सहरी क्षेत्रमा २९२ किलोमिटर रेञ्ज प्रदान गर्ने डब्ल्यूएलटीपीले प्रमाणित गरेको छ ।

यसलाई १२५ किलोमिटर प्रतिघन्टाको गतिसम्ममा चलाउन सकिने कम्पनीको दाबी छ । यसमा रहेको व्याट्रीलाई घरायसी विद्युतको प्रयोगबाट २.३ किलोवाट क्षमताको चार्जरले चार्जगर्दा करिब १२ घन्टामा फुल चार्ज हुन्छ भने ७.४ किलोवाट क्षमताको चार्जरको प्रयोगबाट ५ घन्टामा चार्ज गर्न सकिन्छ।

यसको पावर क्षमता भने निकै कम रहेको छ । यसमा रहेको मोटरले ४३ बीएच पावर र १२५ एनएम टर्क प्रदान गर्ने छ । यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य १५ हजार डलरदेखि २१ हजार डलरसम्म रहेको छ। एजेन्सी

TK Viber

प्रकाशित: ३ मंसिर २०७७, बुधबार

Comments are closed.

Loading...