उत्तर कोरिया र रुसका ह्याकरहरुको निशानामा कोभिड १९ भ्याक्सीन उत्पादक कम्पनीहरु

Technology Khabar २ मंसिर २०७७, मंगलवार

उत्तर कोरिया र रुसका ह्याकरहरुको निशानामा कोभिड १९ भ्याक्सीन उत्पादक कम्पनीहरु
Classic Tech
Nepal Telecom

उत्तर कोरिया र रुस राज्यद्धारा प्रायोजित ह्याकरहरुले कोभिड १९ बारे अनुसन्धानको काम गरिरहेका संस्थालाई निशानामा राखेको माइक्रोसफ्टले बताएको छ ।

माइक्रोसफ्टकाअनुसार रसियाको ह्याकर समूह ‘फेन्सी बियर’ तथा उत्तर कोरियाको ह्याक समूह ‘जिंक’ र ‘सेरियम’ हालै भएको साइबर हमलामा संलग्न भएको पाइएको छ।

यसअघि बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि रुसका ह्याकहरुले भ्याक्सिन अनुसन्धानलाई लक्षित गरेको बताएको थियो । तर रुसले भने यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।

क्यानाडा, फ्रान्स, भारत, दक्षिण कोरिया, अमेरिकाका भ्याक्सिन रिसर्चहरु पनि ह्याकरहरुको निशानामा रहेका थिए । माइक्रोसफ्ट जसले साइबर सेक्यूरिटी सफ्टवेयर विकास गरेको छ र उसले सात औषधि उत्पादक कम्पनीहरुको प्रवेश गर्ने प्रयास गरेको पत्ता लगाएको थियो ।

माइक्रोसफ्टका अनुसार रुसी समूहले ‘ब्रुट फोर्स’ रणनीति प्रयोग गरी अकाउन्ट लगइन गर्न लाखौं पासवर्ड प्रयोग गरेको थियो ।

एक उत्तर कोरियाको समूहले विश्व स्वास्थ्य संगठन अधिकारीहरुको रुपमा इमेल पठाएर उनीहरुको लगइन क्रेडेन्सियल हत्याउन प्रयास गरेको छ ।

त्यस्ता प्रयासहरु केही असफल भएका थिए भने केही सफल भएको माइक्रोसफ्टले चेतावनी दिएको छ । माइक्रोसफ्टले विश्वभरका सरकारहरुलाई स्वास्थ्य सेवालाई निशाना नगर्न आग्रह समेत गरेको छ ।

यस्ता ह्याकका घट्नाहरुमा त्यस्ता अनुसन्धानहरुलाई बिगार्ने भन्दा पनि उनीहरुको जानकारी चोर्ने प्रयास गरिएको बताईएको छ । बीबीसी

TK Viber

प्रकाशित: २ मंसिर २०७७, मंगलवार

Comments are closed.

Loading...