सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

Technology Khabar २ मंसिर २०७७, मंगलवार

सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

काठमाडौं ।

सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रबारका दिन १६ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।

विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा रु. १.७८ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २ मंसिर २०७७, मंगलवार

ताजा समाचार