वनप्लस ९ सिरिजका २ नयाँ फोन आगामी मार्चमा लन्च हुनसक्ने

Technology Khabar २८ कार्तिक २०७७, शुक्रबार

वनप्लस ९ सिरिजका २ नयाँ फोन आगामी मार्चमा लन्च हुनसक्ने
वनप्लस ८ तथा वनप्लस ८ प्रो
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन मेकर वनप्लसले अब वनप्लस ९ सिरिज लन्च गर्न तयारी गरिरहेको छ। नयाँ रिपोर्टका अनुसार कम्पनीले यस श्रृंखलाको केवल २ मोडेल मात्र बजारमा ल्याउनेछ।

यी पनि कम्पनीका नयाँ फ्ल्यागशिप मोडेलहरू हुनेछन्। यद्यपि कम्पनीले आफ्नो मोबाइल सिरिजमा ‘टी’ (T) अक्षर प्रयोग गरिरहेको छ।

सन् २००७ मा कम्पनीले वनप्लस ७ सिरिज श्रृंखला शुरू गरेसँगै टी भर्सनमा फोनहरु लन्च गर्न शुरु गरेको हो । जसमा यसले वनप्लस ७टी र ७टी प्रो ल्याएको थियो । त्यसैगरि केहि समयअघि लन्च भएको वनप्लस ८ मा पनि टी भर्सनको फोन ल्याएको थियो ।

हालै एक टिप्सटरले वनप्लस ९ सिरिजमा वनप्लस ९ र वनप्लस ९ प्रो मात्र लन्च गर्ने दाबी गरेका छन् । उनकाअनुसार वनप्लसले टी मोडेल भने लन्च गर्नेछैन् ।

फोनमा क्वालकम स्न्यापड्रागन८७५ प्रोसेसर र १२०हर्ज रिफ्रेस रेट भएको डिस्प्ले राखिनेछ। तार सहितको र वायरलेस चार्जिंग पनि फोनमा उपलब्ध हुनेछ।

वनप्लस ९ सिरिजको विकास कोड ‘लेमोनादे’ को साथ भइरहेको छ। फोन कम्तिमा चार भेरियन्टमा लन्च गर्न सक्ने बताईएको छ। एजेन्सी

Sajilo Visa

प्रकाशित: २८ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार