फेसबुकमार्फत नाबालिकालाई अश्लील तस्बिर र सन्देश पठाउने पक्राउ

Technology Khabar २७ कार्तिक २०७७, बिहीबार

फेसबुकमार्फत नाबालिकालाई अश्लील तस्बिर र सन्देश पठाउने पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर नाबालिकालाई अश्लील तस्बिर र सन्देश पठाउने युवालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएका २० वर्षीय अखिल नेपाली छन् । नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले उनलाई काठमाडौंबाट पक्रेको हो।

बालिकाहरुलाई यौनजन्य अश्लील म्यासेज र फोटो पठाएर हैरानी दिने नेपालीमाथि विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ अनुसार थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

easy care

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार