नेपाल टेलिकमले ल्यायो फेस्टिभल अफर, यस्ता छन् नयाँ सुबिधाहरु

Technology Khabar २७ कार्तिक २०७७, बिहीबार

नेपाल टेलिकमले ल्यायो फेस्टिभल अफर, यस्ता छन् नयाँ सुबिधाहरु
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले यो तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफर उपलब्ध गराउने भएको छ।

कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको छ।

यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुनेछन् । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु हुनेछन् ।

यस्तो छ फेस्टिभल अफर (दशैंमा उपलब्ध अफरको निरन्तरता)-

फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको व्यालेन्स टप अप (Top up) गर्दा निम्नानुसारको वोनस उपलब्ध हुनेछ:–

  • रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस।
  • रिचार्ज कार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस।
  • रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस।
  • एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस।
  • रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस।
  • रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम एप’ तथा कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार

ताजा समाचार