पर्वत जिल्ला अस्पतालको सबै गतिबिधि वेबसाईटमार्फत थाहा पाईने

Technology Khabar २७ कार्तिक २०७७, बिहीबार

पर्वत जिल्ला अस्पतालको सबै गतिबिधि वेबसाईटमार्फत थाहा पाईने

काठमाडौं ।

पर्वत जिल्ला अस्पतालले सूचना र प्रविधिलाई जोड्ने क्रममा बुधवारदेखी वेबसाईटबाट सेवा सुरु गरेको छ । वेबसाईटमार्फत अस्पताल भित्रका सम्पुर्ण गतिबिधिहरु थाहा पाउन सकिने छ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीका अनुसार वेबसाईटमार्फत अस्पतालको परिचय, कर्मचारीको विवरण, कार्यक्रम र सुचना, गुनासा तथा सुझाब लगायत हेर्न सकिने छ ।

अस्पतालले सुचना र प्रविधिलाई जोड्ने क्रममा सिसि क्यामरा जडान, विद्युतिय हाजिरीको काम सुरु गरिसकेको छ भने अब तत्कालै डिजिटल नागरीक वडापत्र राख्ने तयारी समेत थालेको छ ।

पहाडीले वेबसाईटमार्फत सबै जानकारी दिईने हुँदा सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे।

सुचना प्रविधिले धेरै फड्को मारिसकेको समयमा घरमै वसेर जानकारी लिईसकेपछि कार्यालय आउँदा सरल र सहज रुपमा सेवाग्राहीले सेवा पाउँनेमा अस्पताल परिवार आशावादी रहेको उनको भनाई छ ।

जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटाले सुशासनको पाटोमा सुचना प्रविधिको भुमिका महत्वपुर्ण हुने बताए ।माध्यम

Global Bank
easy care

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार

ताजा समाचार