अमेरिकी राष्ट्रपति पदमा जो वाइडेन निर्वाचित भएसँगै विद्युतीय कार निर्माताहरु उत्साहित

Technology Khabar २६ कार्तिक २०७७, बुधबार

अमेरिकी राष्ट्रपति पदमा जो वाइडेन निर्वाचित भएसँगै विद्युतीय कार निर्माताहरु उत्साहित
Classic Tech
Nepal Telecom

अमेरिकी निर्वाचनको अन्तिम मतपरिणाम अझै सार्वजनिक भएको छैन । यद्यपी राष्ट्रपति पदमा जो वाइडेन निर्वाचित भइसकेका छन् । उनले आगामी जनवरीबाट राष्ट्रपतिको पदभार ग्रहण गर्ने छन् । उनको विजयले विश्वभरका विद्युतीय कार निर्माताहरु खुसी भएका छन् ।

वाइडेनले निर्वाचनको समयमा भएका सभाहरु र प्रेसिडेन्टल डिवेटमा पनि अमेरिकाले जलवायू परिवर्तनको कारण आइरहेको समस्यासँग जुध्न लगानी गर्ने बताएका थिए । बाराक ओबामाको समयमा भएको ‘पेरिस सम्झौँता’मा अमेरिकालाई पुनः फर्काउने योजना उनले यसअघि नै सार्वजनिक गरेका थिए ।

सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले जलवायू परिवर्तन सम्बन्धी भएको पेरिस सम्झौँताबाट अमेरिका अलग भएको घोषणा गरेको थिए । त्यति वेला ट्रम्पले विश्वमा सर्वाधिक प्रदुषण गर्ने चीन र भारत जस्ता देशले जलवायू परिवर्तन रोक्न लगानी गर्नु पर्ने र त्यसमा अमेरिकाले लगानी गर्न नसक्ने जनाएका थिए ।

ओबामाको राष्ट्रपति कार्यकालभरी उपराष्ट्रपति रहेका जोय वाइडेन अहिले राष्ट्रपतिमा निर्वाचित भएसँगै पेरिस सम्झौतामा अमेरिका पुनः फर्कने अनुमान गरिएको छ । उनको घोषणाले अत्याधिक प्रदुषण फैलाउने पेट्रोलियम पदार्थबाट चल्ने गाडीको विकल्पमा विद्युतीय गाडीको उपयोग बढ्ने अनुमान गरिएको छ ।

वाइडेन प्रशासनले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन विशेष प्याकेज नै घोषणा गर्ने सम्भावना रहेको भन्दै विद्युतीय गाडी निर्माताहरु खुसी भएका हुन् । एजेन्सी

TK Viber

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार

Comments are closed.

Loading...