भारतमा इण्डिया मोबाइल कंग्रेस डिसेम्बर ८ तारिखदेखि आयोजना हुने

Technology Khabar २६ कार्तिक २०७७, बुधबार

भारतमा इण्डिया मोबाइल कंग्रेस डिसेम्बर ८ तारिखदेखि आयोजना हुने

काठमाडौं ।

भारतले यहि डिसेम्बर ८ देखि ११ तारिखको बीचमा भर्चुअल तरीकाले इण्डिया मोबाइल कंग्रेस (आईएमसी) आयोजना गर्ने भएको छ।

भारतको दूरसंचार विभाग र भारतको सेलुलर अपरेटर्स एसोसिएसनद्वारा संयुक्तरूपमा आयोजना हुने सो कार्यक्रममा ५० भन्दा बढी देशहरू सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यसभन्दा पहिले यो टेक इभेन्ट तीन पटक आयोजना गरिसकिएको छ। इंडिया मोबाइल कांग्रेस दक्षिण एसियामा सबैभन्दा ठूलो प्रविधिसम्बन्धि कार्यक्रम हो, जसमा विश्वभरका ठूला टेक कम्पनीहरूले भाग लिन्छन्।

कार्यक्रम ११० भन्दा बढी ग्लोबल स्पिकरहरू, स्टार्टअपहरू र ३० घण्टा भन्दा बढीको सामग्री प्रदर्शित गरिनेछ। यस अनलाइन इभेन्टमा १५ हजार भन्दा बढी सहभागीहरूले भाग लिने अपेक्षा राखिएको छ।

यस वर्षको लागि आईएमसीको विषयवस्तु ‘समावेशी नवीनता-स्मार्ट, सुरक्षित, दीर्घकालीन’ राखिएको छ। यस वर्ष एरिक्सन आईएमसीको पार्टनर भएको छ भने अन्य प्रमुख साझेदारहरूमा डेल टेक्नोलोजीहरू, रिबन कम्युनिकेशन्स र रेड ह्याट रहेको रिपोर्टहरुमा उल्लेख छ।

easy care

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार