यी स्टेपहरू अनुसरण गर्नुहोस् र फोनबाट तपाईंको डेस्कटप कम्प्युटरमा इन्टरनेट चलाउनुहोस्

Technology Khabar २६ कार्तिक २०७७, बुधबार

यी स्टेपहरू अनुसरण गर्नुहोस् र फोनबाट तपाईंको डेस्कटप कम्प्युटरमा इन्टरनेट चलाउनुहोस्
Classic Tech
Nepal Telecom

कोरोनाभाइरस महामारीपछि नेपालसहित विश्वभर भएको लकडाउनको कारण र त्यसपछिको समयमा हामीमध्ये अधिकांश अझैपनि घरबाट काम गरिरहेका छन्। निजी कम्पनीहरूका मात्र नभई सरकारी कर्मचारीहरू पनि सकेसम्म घरबाट नै वा सिमित मात्रामा काम गरिरहेका छन् ।

प्रमुख शहरहरुमा अनलाइनबाटै काम गर्न सहज रहेको छ किनकि यहाँ वाइफाइ र इन्टरनेट सहजरुपमा र आवश्यकताअनुसार उपलब्ध छ भने ल्यापटप प्रयोग गर्नेको संख्या पनि धेरै नै छ।

तर, साना शहरहरूमा अझैपनि डेस्कटप प्रयोग हुने गरेको छ। त्यसमाथि साना शहरहरुमा वाइफाइ र मोबाइल हट स्पटहरुबाट इन्टर्नेट चलाउन मुश्किल छ। कहिले काँहि यस्तो समस्या तपाईँलाई घरको डेस्कटपमा पनि हुने गर्दछ ।

यद्यपि त्यहाँ केहि उपायहरू छन् जसले गर्दा तपाई मोबाइल मार्फत सुपरफास्ट इन्टरनेट डेस्कटपमा चलाउन सक्नुहुन्छ।

हामी तपाईंलाई यहाँ मोबाइल र यूएसबी केबलको माध्यमबाट डेस्कटपमा सुपरफास्ट इन्टरनेट कसरी चलाउने भनेर बताउँदैछौं।

यस ट्रिकको माध्यमबाट तपाईं कम्प्युटरमा कुनै थप राउटर बिना नै मात्र एउटा केबल मार्फत इन्टरनेट चलाउन सक्नुहुन्छ। अब हामी तपाईंलाई ब्रोडब्याण्ड जडान नै नगरी कसरी तपाईंको फोनबाट इन्टरनेट चलाउने भन्ने स्टेप बाई स्टेपमा बताउँछौं।

  • पहिलो कम्प्युटरबाट यूएसबीमार्फत फोन कनेक्ट गर्नुहोस् ।

  • यस पछि, तपाईंको एन्ड्रोइड फोनको सेटिंग्स खोल्नुहोस्।
  • सेटिंग खोल्नुहोस् र मोबाइल हटस्पट र टिथरिंगमा क्लिक गर्नुहोस्।
  • त्यसपछि मोबाईल हटस्पटमा क्लिक गर्नुहोस् र मोबाइल हटस्पट र युएसबी टिथरिंग खोल्नुहोस्।
  • अब तपाईंले आफ्नो कम्प्युटरमा नेटवर्कमा क्लिक गर्नुपर्नेछ।

  • अब तपाईंको नेटवर्कको नाम जून हो त्यो छान्नुहोस् र यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि, हो वा होईन (Yes or No)को विकल्प नेटवर्कमा देखा पर्नेछ।

  • हो (Yes) विकल्प क्लिक गरेपछि, तपाईंको फोनको इन्टरनेट कम्प्युटरमा चल्नेछ।

नोट: यदि तपाईको कुनै पनि फोनबाट कनेक्सनमा समस्या आएको खण्डमा एकपटक तपाईले आफ्नो यूएसबी केबल र फोन परिवर्तन गरेर तपाईले यो विधि अपनाएर पुन प्रयास गर्न सक्नुहुन्छ।

TK Viber

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार

Comments are closed.

Loading...