सामसङ अमेरिकी बजारमा एप्पललाई पछाडी पार्दै ३ वर्षपछि पहिलो स्थानमा

Technology Khabar २४ कार्तिक २०७७, सोमबार

सामसङ अमेरिकी बजारमा एप्पललाई पछाडी पार्दै ३ वर्षपछि पहिलो स्थानमा
Classic Tech

पहिलो पटक २०१७ को दोस्रो त्रैमासपछि सामसङले अमेरिकी बजारमा एप्पल भन्दा बढी स्मार्टफोन एकै त्रैमासिकमा आपूर्ति गरेको छ ।

कोरियाली टेक कम्पनीको जुलाई देखि सेप्टेम्बरको अवधिमा ३३.५ प्रतिशत सेयर थियो, जुन गत वर्षको समान अवधिको तुलनामा ६.७ प्रतिशत बिन्दुले बढेको छ।

सामसङको मिडरेन्जका मोडेलहरूको लागि फोनको ससक्त मागका साथमा ग्यालेक्सी नोट २० श्रृंखला र ग्यालेक्सी जेड फोल्ड २ फोल्ड सहित प्रिमियम टियरको लागि मागले गर्दा बजार बढाउन सहयोग पुगेको थियो।

सो अवधिमा एप्पल ३०.२ प्रतिशत बजार सेयरको साथ दोस्रो स्थानमा खस्कियो। स्ट्राटेजी एनालिटिक्सका टोलीले आईफोन १२ सीरिजको लन्चमा भएको ढिलाइको कारणले गर्दा एप्पलले पुरानो पुस्ताको फोन डेलिभरी बिक्रीमा परम्परागत बृद्धि हासिल गरेन् भन्ने कुरा औंल्याए।

एलजी १४.७ प्रतिशत बजार हिस्साका साथ अमेरिकी बजारमा तेस्रो स्थानमा छ।

विश्लेषकहरूको विश्वव्यापी तथ्यांकले देखाउँदछ कि सामसङ तेस्रो त्रैमासमा अग्रणी विक्रेता थियो, जसले २१.९ प्रतिशत स्मार्टफोनको शिपिङ्ग गरेको छ भने ह्वावेले १४.१ प्रतिशत र शाओमीले ११.९ प्रतिशत आपूर्ति गरेको छ ।

एप्पलले यस बर्षको तेस्रो क्वाटरमा विश्वव्यापी रूपमा पठाइएको स्मार्टफोनहरूको ११.९ को हिस्सा प्राप्त गर्‍यो। तर अब आईफोन १२ सीरीज लन्च भईसकेको छ, चौथो क्वाटरमा अझ चर्को रूपमा प्रतिस्पर्धा गर्नुपर्छ।

सामसङ हालै सार्वजनिक भएको तेस्रो त्रैमासको विश्वव्यापी स्मार्टफोन सिपमेन्टको आधारमा समेत पहिलो स्थानमा रहेको थियो । एजेन्सी

TK Viber

प्रकाशित: २४ कार्तिक २०७७, सोमबार

Loading...