विश्व बजारमा टिभीको बिक्रि पछिल्लो नौ महिनामा सुधार, सामसङ पहिलो स्थानमा

Technology Khabar २३ कार्तिक २०७७, आईतवार

विश्व बजारमा टिभीको बिक्रि पछिल्लो नौ महिनामा सुधार, सामसङ पहिलो स्थानमा
सांकेतिक
Classic Tech
Nepal Telecom

ग्लोबल टिभी शिपमेन्ट २०२० को पहिलो नौ महिनामा १५ करोड ९० लाख युनिट पुगेको छ, जुन एक बर्षको तुलनामा १.१ प्रतिशतले बढेको छ।

एभीसी रियोले सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो अर्ध वार्षिकमा बिक्री घटेपनि तेस्रो क्वाटरमा सुधार भएको छ।

ग्लोबल टिभी ढुवानी सन् २०२० को तेस्रो त्रैमासमा १३.२ प्रतिशतको वार्षिक बृद्धि भएको छ, जुन यस उद्योगको लागि उच्च त्रैमासिक बृद्धि हो, जसले रिकभरीको गतिलाई प्रकाश पार्दछ।

ओएलईडी, एटके र क्वान्टमडट लगायत उच्चस्तरका मोडलहरूका शिपमेन्टहरूमा पनि तेस्रो क्वाटरबाट सुधार देखिएको फेला परेका छन्।

२०२० को पहिलो तीन क्वार्टरमा उत्तर अमेरिकामा टिभी ढुवानी १९.६ प्रतिशतले वृद्धि भई ३९.१ मिलियन युनिट पुगेको छ भने मध्यपूर्व र अफ्रिकामा पठाइनेहरूको संख्या २.२ प्रतिशतले बढेको छ।

तर अर्को तर्फ एसिया प्यासिफिक र ल्याटिन अमेरिकाका सामानहरुको ढुवानी भने घटेको छ । जसमा क्रमशः ७.७ प्रतिशत र ५.२ प्रतिशतले घटेका छन् । चीनमा १०.२५ ले गिरावट आएको एभीसी रेभोको तथ्यांकले देखायो।

बिगत नौ महिनाको अवधिमा सामसङ इलेक्ट्रोनिक्स अझै शीर्ष विक्रेता कम्पनी बनेको छ, जसले कुल ३ करोड ३० लाख मिलियन युनिटहरू निर्यात गर्दै वार्षिकरुपमा १५.८ प्रतिशतले बिक्री सुधार गरेको छ। उत्तर अमेरिकामा यसको निर्यात सो अवधिमा ४८.४ प्रतिशतले वृद्धि भयो।

एलजी इलेक्ट्रोनिक्सको कुल टिभी शिपमेन्ट ७ प्रतिशतले घटेर १ करोड ७५ लाख मिलियन पुगेको छ। यदपी यसको ओएलईडी शिपमेन्ट भने ११.५ प्रतिशतले बढेको छ ।

टीसीएलले १ करोड ७४ लाख शिपमेन्ट गर्दै तेस्रो स्थानमा रहेको छ जसको बिक्री १४.१ प्रतिशतले वृद्धि भएकोछ । यस अवधिमा टीसीएलको कूल शिपमेन्ट मध्ये ७४ प्रतिशत तेस्रो मुलुकमा भएको छ।

हाइसेन्स (तोशिबा सहित) ले यसको ढुवानी १८.२ प्रतिशतले बढाउँदै १ करोड ३२ लाख युनिटमा विस्तार गर्न सफल भएको छ जबकि शाओमीको शिपमेन्ट २४ प्रतिशतले बढेर ९० लाख युनिट पुगेको छ।

तथ्याङ्कका अनुसार विश्वको शीर्ष ५ टिभी ब्रान्डले नौ महिनाको अवधिमा कुल बजारको करिब ६० प्रतिशत हिस्सा लिएका छन् । डिजीटाइम्स

TK Viber

प्रकाशित: २३ कार्तिक २०७७, आईतवार

Comments are closed.

Loading...