पोको ब्राण्डका दुई नयाँ बजेट स्मार्टफोनहरु बजारमा, यस्तो छ विशेषताहरु र बजार मूल्य

Technology Khabar २३ कार्तिक २०७७, आईतवार

पोको ब्राण्डका दुई नयाँ बजेट स्मार्टफोनहरु बजारमा, यस्तो छ विशेषताहरु र बजार मूल्य
Classic Tech
Nepal Telecom

शाओमीअन्तरगतको ब्राण्ड पोकोले नेपाली बजारमा दुई नयाँ स्मार्टफोनहरु लन्च गरेको छ । पोकोले लामो समयपछि आधिकारीकरुपमा नयाँ फोनहरु बजारमा ल्याएको हो ।

मिडरेन्जको स्मार्टफोन बजारमा पावरफुल ब्राण्डको रुपमा स्थापित गरेको पोकोले स्थानिय बजारमा बजेट रेन्जका दुई फोनहरु लन्च गरेको छ ।

विगत केहि दिनदेखि शाओमी नेपालका कन्ट्रि म्यानेजर सौरभ कोठारीले पोकोको नयाँ फोन आउने जानकारी सोशल मिडियामार्फत दिँदै आएका थिए ।

पोको नेपालमार्फत कम्पनीले दुई फोनहरु पोको सी३ र पोको एम २ बजेट फोनहरु सार्वजनिक गरेको हो ।

कम्पनीले सि सिरिजको फोन पोको सी३ लाई गेमचेन्जरको रुपमा लन्च गरेको छ भने अर्को फोन पोको एम २ लाई ‘पावर फर दि वीन’को रुपमा ल्याएको छ ।

पोको सि३ स्मार्टफोनमा ६.५३ इन्चको एचडी प्लस डिस्प्ले, मिडियाटेक हेलियो जी३५ प्रोसेसर रहेको छ भने यसमा पावरका लागि ५,००० एमएएचको ब्याट्री राखिएको छ ।

ट्रिपल क्यामरा सेटअपसहितको फोनमा १३ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको छ।

नेपाली बजारमा पोको सि३ स्मार्टफोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सनका साथमा १४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरि अर्को स्मार्टफोन पोको एम २ मा भने ६.५३ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ । यसमा मिडियाटेक हेलियो जी८०का साथमा एआरएम माली जी५२ जीपीयू ग्राफीक्सका लागि रहेको छ।

फोनमा ५,००० एमएएचको ब्याट्रीका साथमा १८ वाट फास्ट चार्जिंग सपोर्ट उपलब्ध हुनेछ ।

फोटोग्राफीका लागि यसमा १३ मेगापिक्सेलको एआई क्वाड क्यामरा सेटअप राखिएको छ ।

नेपाली बजारमा पोको एम२ ६जीबी र्याम प्लस ६४ जीबी स्टोरेज अप्सनमा आउनेछ जसको मूल्य १८ हजार ९९९ तोकिएको छ ।

TK Viber

प्रकाशित: २३ कार्तिक २०७७, आईतवार

Comments are closed.

Loading...