Technology Khabar २३ कार्तिक २०७७, आईतवार
काठमाडौं ।
मुख्यतया यात्रुहरुलाई सेवा प्रदान गर्ने राइड हेलिङ्ग कम्पनी उबरको फुड डेलिभरी व्यवसायले यस वर्षको तेस्रो क्वाटरमा राम्रो प्रदर्शन गरेको छ। यो नयाँ व्यवसायले त्रैमासमा कम्पनीको मुख्य यात्री सेवाहरूको व्यवसायलाई पछाडी पारिदिएको छ ।
महामारीले उपभोक्ताहरूको व्यवहारमा परिवर्तन गरेको छ र कम्पनीले कसरी आफूलाई परिवर्तन गर्ने परिस्थितिमा अनुकूल पारेको देखाउँदछ। उबरलाई तेस्रो क्वाटरमा कुल १.०९अर्ब डलरको घाटा भयो।
यस अवधिमा कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेर ३.१३ अर्ब डलर कायम भएको छ। कम्पनीको यात्रु सेवा व्यवसायबाट भएको बर्षको आय ५३ प्रतिशतले घटेर १.३७ अरब डलर कायम भएको छ।
कम्पनीको यात्रु व्यवसायको प्रदर्शन एक बर्ष पहिलेको तुलनामा बिग्रेको छ, तर पनि दोस्रो क्वाटरमा यात्री सेवाहरूको व्यवसायमा अप्रिल-जूनको तुलनामा सुधार भएको छ। जून त्रैमासमा, यस खण्डबाट राजस्व केवल ७९ मिलियन डलर मात्र थियो।
अर्को तर्फ उबर फूड बिजनेस अर्थात उबर इट्सको राजस्व यस बर्ष १२५ प्रतिशतले बढेर १.४५ अर्ब डलर पुगेको छ। यसको वृद्धिको कारण भनेको महामारीको बेलामा मानिसहरु खाना खान बाहिर कम जान्छन र फुड डेलिभरी अर्डर गर्न चाहन्छन्।
उबरको खाना डेलिभरी व्यवसायले दोस्रो त्रैमासमा पनि कम्पनीको राइड हेलिङ्ग व्यवसायलाई पछाडी पारेको थियो। उबरका प्रमुख कार्यकारी अधिकृत दारा खोसरोशाहीले एक विज्ञप्तिमा भने कि टोलीले अनिश्चित र कठिन समयमा राम्रो प्रदर्शन गरेको छ। एजेन्सी
प्रकाशित: २३ कार्तिक २०७७, आईतवार