अब भारतीय टेलिकम कम्पनीहरूले विशेष अफरको बारेमा नियामकलाई जानकारी दिनुपर्ने

Technology Khabar २३ कार्तिक २०७७, आईतवार

अब भारतीय टेलिकम कम्पनीहरूले विशेष अफरको बारेमा नियामकलाई जानकारी दिनुपर्ने

काठमाडौं ।

भारतीय टेलिकम नियामक ‘ट्राई’ले सर्वोच्च अदालतमा भारती एयरटेल र भोडाफोन आइडियाको ट्यारिफ शुल्क र केही ग्राहकहरूको विशेष प्रस्तावको बारेमा जानकारी दिन आदेश दिएको थियो। जसमा पछि विवाद उत्पन्न भएको थियो ।

तर शुक्रबारको फैसलामा सर्वोच्च अदालतले ट्राईको यस मागलाई जायज ठहरायो र टेलिकम कम्पनीहरूलाई जानकारी उपलब्ध गराउन आदेश दिएको छ। टेलिकम रेगुलेटर अर्थोरिटी अफ इण्डिया(ट्राई) को मागको पक्षमा शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएको हो ।

तीन न्यायाधीशहरूको सो इजलासको अगुवाई प्रमुख न्यायाधीश एसए बोब्डे गरेका थिए । उनले आफ्नो निर्णयमा भने कि टेलिकम कम्पनीबाट सूचना लिनु ट्राईको अधिकार क्षेत्र भित्र पर्दछ। सर्वोच्च अदालतले ट्राईले माग गरेको जानकारी पारदर्शिताको लागि आवश्यक छ र पहिलो नजरमा यो गलत भएको लाग्दैन।

आफ्नो निर्णयमा इजलासले टेलिकम कम्पनीहरूलाई नियामकले सोधेको जानकारी प्रदान गर्न निर्देशन दियो।

तर बेन्चले ट्राईलाई भन्यो कि टेलिकम कम्पनीहरूले दिएको जानकारीहरु गोप्य राख्नु पर्नेछ र विशेष ख्याल राख्नु पर्छ। यी योजनाहरूको जानकारी कसैलाई पनि थाहा नदिन र विशेष रूपमा प्रतिस्पर्धी कम्पनीहरूलाई जानकारी नदिन आदेश दिएको छ।

इजलासले यस विषयमा अन्तिम फैसला अक्टोबर २७ मा गर्नेछ र दुबै पक्षको बहस सुनेपछि सुप्रीम कोर्टले यसको फैसला दिनेछ।

यसअघि टेलिकम नियामक ट्राईले टेलिकम कम्पनीहरूका लागि विशेष प्रस्तावहरूको बारेमा जानकारी दिन अनिवार्य बनाएको थियो। तर भोडाफोन-आईडिया र एयरटेलले ट्राईको निर्णयलाई स्वीकार गर्न अस्वीकार गरेका थिए।

यस पछि सो विवाद टेलीकम डिस्प्यूट सेटलमेन्ट एण्ड अपीलीय ट्राइब्यूनलमा पुगेको थियो भने पछि अदालतमा गएको थियो ।

टेलिकम कम्पनीहरूले यो प्रस्ताव योजना ट्यारिफ योजना नभएको र त्यसैले उनीहरुको बारेमा जानकारी दिन कुनै बाध्यता नभएको दाबी गरेका थिए । एजेन्सी

easy care

प्रकाशित: २३ कार्तिक २०७७, आईतवार