एप्पलको आइओएस १४.२ र आइप्याडओएस १४.२ जारी, १०० भन्दा बढी नयाँ इमोजी

Technology Khabar २१ कार्तिक २०७७, शुक्रबार

एप्पलको आइओएस १४.२ र आइप्याडओएस १४.२ जारी, १०० भन्दा बढी नयाँ इमोजी

काठमाडौं ।

एप्पलले आइफोन र आइप्याडमा नयाँ अपडेट थपेको छ। केही समयअघि सार्वजनिक भएको आइओएस १४.२ र आइप्याडओएस १४.२ को नयाँ संस्करणमा एप्पलले फेरी केही फिचर थपेको हो।

यस नयाँ फिचरमा थुप्रै सुविधाहरु समावेश गरिएको छ। जस्तैः बग फिक्स, नयाँ इमोजी र वालपेपर। यी मध्ये एप्पलले इमोजी अपडेटमा बढी ध्यान दिइएको देखिन्छ।

आइओएस १४.२ र आइप्याडओएस १४.२ को नयाँ संस्करण अपडेट गरेपछि आइफोन र आइप्याड प्रयोगकर्ताले सय वटा भन्दा बढी नयाँ इमोजीहरु प्रयोग गर्न सक्नेछन्।

यो अपडेट एप्पलले यही वर्ष सार्वजनिक गरेको दोस्रो बीटा अन्तर्गत आएको हो। एप्पलले पछिल्लोपटक ७५ वटा नयाँ इमोजी मात्र राखिएको थियो र हाल भएको अपडेटमा भने ११७ वटा नयाँ इमोजी थपेको छ।

यसमा दुर्लभ चरा डोडो, पिनाटा, पिन्चड फिंगर, निन्जा, सिक्का, बीभर, बबल टी, फोक्सो, ट्रान्सजेन्डरको प्रतिक जस्ता नयाँ इमोजी रहेको छ।
आइओएस १४।२ मा अपडेट गरिएको मास्क इमोजीमा पनि अब हँसिलो अनुहार देख्न सकिन्छ।

आइफोनको यो अपडेटमा दुवै डार्क र लाईट मोड भर्सनको लागि आठ वटा नयाँ वालपेपर ल्याइएको छ।

एप्पलले आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्समा रहेको म्याग्निफायर उपकरणबाट आफ्नो वरिपरि रहेका व्यक्ति पत्ता लगाउन र लाइडार सेन्सरबाट तिनको दुरी रिर्पोट गर्न सकिने अपडेट पनि ल्याएको छ। एजेन्सी

easy care

प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार