ह्वावे नोभा एट एसई र ह्वावे नोभा एट एसई हाई एडिसन सार्वजनिक, यस्तो छ विशेषताहरु

Technology Khabar २१ कार्तिक २०७७, शुक्रबार

ह्वावे नोभा एट एसई र ह्वावे नोभा एट एसई हाई एडिसन सार्वजनिक, यस्तो छ विशेषताहरु
Classic Tech
Nepal Telecom

ह्वावे नोभा एट एसई चीनमा ह्वावे नोभा एट सिरिजको पहिलो फोनको रूप मा लन्च भएको छ। यो ह्वावे नोभा ७ एसईको उत्तराधिकारी हो, जुन यस वर्ष अप्रिलमा सुरू गरिएको थियो।

ह्वावे नोभा एट एसई (Huawei Nova 8 SE)दुई संस्करणहरुमा आएको छ – एउटा स्ट्याण्डर्ड र अर्को ‘हाई एडिसन’। यी दुबै मोडेलहरू अलग-अलग अक्टा-कोर प्रोसेसरहरूको साथ सुसज्जित छन्। ह्वावे नोभा एट एसई उच्च रिजोलुसन डिस्प्ले र फाइभजी समर्थनको साथ आउँदछ, जबकि स्ट्याण्डर्ड संस्करणमा यो सपोर्ट छैन।

यस बाहेक, यी दुई संस्करणमा अरु कुनै परिवर्तन छैन।

ह्वावे नोभा एट एसई एन्ड्रोइड १० मा आधारित इएमयूआई १०.१मा काम गर्दछ। यस फोनमा ६.५३ इन्चको फुल-एचडी प्लस ओएलईडी डिस्प्ले राखिएको छ। ह्वावे नोभा एट एसई उच्च संस्करणमा अक्टाकोर डाइमेन्सन ८००यू प्रोसेसर रहेको छ भने यसको स्टर्याण्डर्ड संस्करणमा अक्टाकोर डाइमेन्सन ७२० प्रोसेसरको रहेको छ। यी दुबै फोनहरू माली-जी जीपी७ जीपीयू र ८ जीबी र्यामले भरिएका छन्।

फोटोग्राफीका लागि ह्वावे नोभा एट एसईमा क्वाड रियर क्यामरा सेटअप रहेको छ जसमा ६४ मेगापिक्सेलको प्राथमिक क्यामरा एफ/१.९ लेन्सको साथ छ। यसको साथै फोनमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड-लेन्स २ मेगापिक्सलको क्याम डेप्थ सेन्सर र २-मेगापिक्सलको म्याक्रो क्यामरा पनि छ।

यसको रियर क्यामरा सेटअपले १०एक्स डिजिटल जूम र फोरके भिडियो रिकर्डिंग सपोर्ट गर्दछ। फ्रन्टमा १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।

ह्वावे नोभा एट एसई फोनमा १२८ जीबीको आन्तरिक स्टोरेज छ । कनेक्टिभिटीको लागि, यसमा ५जी हाई एडिसन मात्र), छ भने फोरजी, डुअल ब्यान्ड वाइफाइ, ब्लुटुथ ५.१, जीपीएस/ए-जीपीएस र यूएसबी टाइप-सी पोर्ट चार्जिंगको लागि छ।

सेन्सरहरूको बारेमा कुरा गर्दा यसमा ग्राभिटी सेन्सर, कम्पास, एम्बियन्ट लाइट सेन्सर र प्रोक्सिमिटी सेन्सर समावेश गर्दछ। ह्वावे नोभा एट एसई फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ।

मूल्य

ह्वावे नोभा एट एसई स्ट्याण्डर्ड संस्करणको ८ जीबी प्लस १२८ जीबी संस्करणको मूल्य २,५९९ यूआन छ, जबकि ह्वावे नोभा एट एसई हाई एडिसनको ८ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य सीएनवाई २,६९९ छ । यो फोन डीप सी ब्लू, म्याजिक नाइट ब्ल्याक, सिल्वर मून स्टार्स र सकुरा स्नो क्लियर स्काई कलर विकल्पमा खरीदको लागि उपलब्ध हुनेछ। फोनको प्रि-बुकिङ्ग चीनमा शुरू भएको छ भने बिक्री नोभेम्बर ११ देखि सुरू हुनेछ।

ह्वावेले हाल नयाँ फोनको अन्तर्राष्ट्रिय उपलब्धताको बारेमा कुनै जानकारी प्रदान गरेको छैन। एजेन्सी

TK Viber

प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार

Comments are closed.

Loading...