वडाको अवस्था बुझ्न वडाध्यक्षद्धारा व्यक्तिगत खर्चमा मोबाइल बितरण

Technology Khabar २१ कार्तिक २०७७, शुक्रबार

वडाको अवस्था बुझ्न वडाध्यक्षद्धारा व्यक्तिगत खर्चमा मोबाइल बितरण
सांकेतिक तस्बिर

काठमाडौं ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, गोल्चेका वडाध्यक्ष प्रताप लामाले बस्तीपिच्छे सिमसहितको मोबाइल वितरण गरेका छन् ।

वडाभित्रका बस्तीको अवस्था बुझ्न र वडामा हुने गतिविधिबारे वडावासीलाई जानकारी दिन १५ वटा मोबाइल व्यक्तिगत खर्चमा खरिद गरी वितरण गरेको वडाध्यक्ष लामाले जानकारी दिए ।

जुगल–२ को दीपु, साङ्लुङ, तिलामाराङ, सुञ्चगाउँ, नाम्फा, निम्लुङ, गोल्चे, लिदी, किप्चे, सिन्दुर्चे बस्तीमा मोबाइल वितरण गरिएपछि बस्तीको खबर गाउँलेले वडालाई जानकारी दिन थालेका र वडा कार्यालयले बस्तीका समस्या समाधान गर्न थालेको छ ।

पहिरो गएको लिदीमा अब मोबाइलबाटै बस्तीका समस्याका बारेमा जनप्रतिनिधि र वडावासीबीच छलफल हुने अध्यक्ष लामाले बताए ।

सो वडाको दीपु र साङ्लुङ गाउँबाट वडा कार्यालय आउन दुई दिन पैदल हिँडेर पुग्नुपर्ने अवस्था छ । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार