स्नातक तहमा अध्ययनरत विद्यार्थीले निःशूल्क मोबाइल डाटा प्राप्त गर्ने, यसरी लिनुस् सुबिधा

Technology Khabar २० कार्तिक २०७७, बिहीबार

स्नातक तहमा अध्ययनरत विद्यार्थीले निःशूल्क मोबाइल डाटा प्राप्त गर्ने, यसरी लिनुस् सुबिधा
Classic Tech

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्नातक तहमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई निःशूल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यार्थी वित्तिय सहयोग कार्यक्रम अन्तरगत स्नातक तहमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई निःशूल्क मोबाइल डाटा उपलब्ध गराउने भएको हो ।

कोरोना महामारीको संकटबाट उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुको समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्युनिकरण गर्नका लागि हाल नियमित रुपमा स्नातक तह अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई निशूल्क अनलाइन डाटा उपलब्ध गराई सिकाईमा सहयोग पुर्‍याउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यो सुबिधा सामुदायिक विद्यालयबाट कक्षा १२ पास गरेर हाल स्नातक तहमा पढिरहेका विद्यार्थीहरुले मात्र प्राप्त गर्ने बताईएको छ ।

यसरी सेवा लिनुस्

विद्यार्थीहरुले यसका लागि वित्तिय सहयोग कार्यक्रमको वेबसाइटमा गई कार्तिक २१ गतेसम्म अनलाइन फाराम भर्न सक्ने छन् ।

यस कार्यक्रममा विद्यार्थी सहभागी हुन् कक्षा ११ मा अध्ययन गर्दाको रजिष्ट्रेसनलाई युजर नाम र जन्म मितिलाई पासवर्ड बनाई लगईन गर्नुपर्ने छ ।

उक्त अवधी भित्र अनलाइन फाराम भरेका विद्यार्थीहरुको क्याम्पसहरुले अनलाइन फाराम अनिवार्य रुजु गर्नुपर्ने भएकाले क्याम्पसहरुले उक्त प्रायोजनका लागि युजर र पासवर्ड प्राप्त गर्न क्याम्पस प्रमुखको नाम, फोन र क्याम्पसको ईमेलसहित [email protected] ईमेलमा पत्र पठाउनु पर्नेछ ।

विद्यार्थीहरुले डाटा चलाउन मिल्ने मोबाइलको व्यवस्था आफैले गर्नुपर्नेछ ।

TK Viber

प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

Loading...