उद्योगको संरक्षण र प्रबर्द्धन गर्न अनलाइन सर्वेक्षण गरिँदै

Technology Khabar १९ कार्तिक २०७७, बुधबार

उद्योगको संरक्षण र प्रबर्द्धन गर्न अनलाइन सर्वेक्षण गरिँदै
Classic Tech

कोभिड—१९ र लकडाउनले गर्दा समस्यामा परेका उद्योग व्यवसाय तथा उद्यमलाई पहिलाकै अवस्थामा फर्काउन र आर्थिक पुनरुत्थान गर्नका लागि उद्योग व्यवसायीसँग सरकारले सुझाव माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० प्रश्नावली राखेर बन्दाबन्दीमा मारमा परेका उद्योगहरूलाई कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने सुझाव माग गर्दै अनलाइन सर्वेक्षण शुरू गरेको हो ।

सो सर्वेक्षणमा मन्त्रालयले उद्यम तथा व्यवसायलाई पहिलाकै अवस्थामा सुचारु गर्न सरकारका तर्फबाट उद्योगी व्यवसायीले गरेको अपेक्षाका बारेमा पनि उल्लेख गर्न भनेको छ ।

उद्योगलाई प्रवर्द्धन गर्न सरकारले वित्तीय, नीतिगत, सहुलियत तथा अन्य थप के गर्नुपर्छ भन्ने सुझाव माग गरिएको छ । मन्त्रालयले सोमवार सूचना जारी गर्दै प्रश्नावली भरेर ईमेलमार्फत जानकारी गराउन आग्रह गरेको हो ।

मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाले सबै उद्योगी व्यवसायीहरुलाई सो अनलाइन सर्वे फाराम भरेर ईमेलमार्फत पठाउन भनेको हो।

उद्योगी तथा व्यवसायीले पठाएको सूचनाको विस्तृत अध्ययन गरेर प्रतिवेदन पनि तयार गरिने मन्त्रालयलेजानकारी दिएको छ । सूचना अनुसार लघु उद्यम, घरेलु उद्योग, साना र ठूला उद्योगहरूले प्रश्नावली भर्नुपर्नेछ ।

यस्तै उद्योग व्यवसायको प्रकृति, कोभिडका कारण बन्दाबन्दीको समयदेखि हालसम्म उद्योग व्यवसाय कति समय सञ्चालन रह्यो वा पूर्ण बन्द, आंशिक २५ देखि ७५ प्रतिशतसम्म बन्द, उत्पादनमा आएको ह्रासको अवस्था समेत फारममा खुलाउन मन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ ।

सो प्रश्नावलीको आधारमा आउने सुझाबहरुको आधारमा सरकारले आगामी दिनमा आर्थिक पुनरुत्थानको नीति तय गर्ने मन्त्रालयले जनाएको छ ।

TK Viber

प्रकाशित: १९ कार्तिक २०७७, बुधबार

Loading...