एप्पलको अर्को इभेन्ट नोभेम्बर १० तारिखमा, ‘वन मोर थिङ्ग’ ट्यागलाइनमा नयाँ डिभाइस

Technology Khabar १८ कार्तिक २०७७, मंगलवार

एप्पलको अर्को इभेन्ट नोभेम्बर १० तारिखमा, ‘वन मोर थिङ्ग’ ट्यागलाइनमा नयाँ डिभाइस

काठमाडौं ।

नयाँ आईफोन सार्वजनिक गरेको एक महिनापनि बित्न नपाउँदै एप्पलले अर्को इभेन्ट आयोजना गर्ने घोषणा गरेको छ।

एप्पल इंकले नोभेम्बर १० मा एक विशेष कार्यक्रम आयोजना घोषणा गरेको छ।

सो इभेन्टको बारेमा कम्पनीले केबल ‘वन मोर थिंङ्ग’ (One More Thing) भन्ने ट्याग लाइन बाहेक अरु कुनै विवरण दिएको छैन्।

गत महिना एप्पलले नयाँ आईफोनहरूको दायरा फराकिलो पारेको थियो भने सेप्टेम्बरमा नयाँ एप्पल वाच र सर्भिस बन्डल पनि घोषणा गरेको थियो।

गत जूनमा कम्पनीले यो बर्ष अन्त्य हुनु अघि नै एप्पल सिलिकन नाम गरेको आफ्नै प्रोसेसर चिप्स प्रयोग गरेर नयाँ म्याक कम्प्युटरहरू ल्याउने बताएको छ।

विश्लेषकहरूले नयाँ म्याकहरु नोभेम्बरको कार्यक्रममा डेब्यु हुने आशा गरेका छन्।

एप्पल सिलिकन म्याकले २००६ देखि ल्यापटप र डेस्कटप प्रोसेसरहरूको लागि एप्पलको आपूर्तिकर्ता रहेको इंटेल कर्पसँगको सम्बन्ध छुट्ने सुरूवातको रुपमा पहिचान गराउनेछ।

‘वन मोर थिंङ्ग’ ट्यागलाइन यसअघि कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत स्टीव जब्सले कहिलेकाँही कार्यक्रमहरूमा पहिले अघोषित उत्पादनहरूको अनावरण गर्नु अघि प्रयोग गर्ने गरेका थिए। नयाँ म्याकको साथसाथै

विश्लेषकहरू एप्पलको एसेसरिजको कारोबार बढाउन टाइल ईन्कले बनाएको जस्तै नयाँ ओभर-इयर एयरपड्स हेडफोन र ट्र्याकिङ्ग ट्यागहरूको नयाँ जोडीमा पनि काम गरिरहेको विश्वास राख्छन् र इभेन्टमा सो डिभाइसहरुपनि लन्च हुने अपेक्षा गरिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार

ताजा समाचार