४६ जिल्लाका स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क, सर्वसाधारणले समेत सेवा लिन पाउने

Technology Khabar १८ कार्तिक २०७७, मंगलवार

४६ जिल्लाका स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क, सर्वसाधारणले समेत सेवा लिन पाउने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका ४६ जिल्लाका स्थानीय तहहरुमा ब्रोडब्यान्ड ईन्टरनेटको पहुँच पुर्याएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को रकम परिचालन गरी ४६ जिल्लाका स्थानीय तहहरुमा ब्रोडब्याण्ड ईन्टरनेट सेवाको पहुँच पुर्याएको हो ।

प्राधिकरणले ती ४६ जिल्लामा १२ वटा प्याकेजअन्तरगत ब्रोडब्याण्ड कनेक्सन पुर्याएको जानकारी दिएको छ ।

१८ वटा प्याकेजसहित देशभरका सबै स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउने लक्ष्य राखेको मध्ये हाल १२ प्याकेजअन्तरगतका ४६ जिल्लाका सबैजसो स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याईएको हो ।

ती जिल्लाका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा ब्रोडब्याण्ड ईन्टरनेट नेटवर्क जडान सम्पन्न गरेको हो । ती ४६ जिल्लामा पुगेको ब्रोडब्याण्ड ईन्टरनेट सेवा २ बर्षका लागि निशुल्क संचालन हुने प्राधिकरणले उल्लेख गरेको छ ।

उल्लेखित जिल्लाहरुका कुनै वडा कार्यालय, सामुदायिक विद्यालय तथा अस्पतालहरुमा ईन्टरनेट सेवा जडान गर्न बाँकी भए प्राधिकरणमा जानकारी दिनसमेत आग्रहसमेत गरेको छ ।

यसका साथै उक्त जिल्लाहरुका सर्वसाधारणले समेत सो इन्टरनेट सेवा उपयोग गर्न पाउने भएका छन् । यसको लागि स्थानियले इन्टरनेट सेवा जडान गर्न चाहेको खण्डमा सम्बन्धित सेवा प्रदायकसँगको सहकार्यमा जडान गर्न सकिने र प्राधिकरणले तोकेको शुल्कमा नै सेवा लिन पाईने प्राधिकरणले जनाएको छ ।

Noice-RTDF-Broadband-20770716
easy care

प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार