माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ

Technology Khabar १७ कार्तिक २०७७, सोमबार

माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ

काठमाडौं ।

काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८ वर्षीय किशोर हुन् ।

एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले कैलाली टिकापुर नगरपालिका–९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाइ आइतबार राति पक्राउ गरेको हो ।

एटीएम फोडदै गरेको अवस्थामा खाणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका खाँणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

Global Bank
easy care

प्रकाशित: १७ कार्तिक २०७७, सोमबार

ताजा समाचार