आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित एनएमबि बैंकको एनएमबि सापटी कर्जा सेवा शुरू

Technology Khabar १७ कार्तिक २०७७, सोमबार

आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित एनएमबि बैंकको एनएमबि सापटी कर्जा सेवा शुरू

काठमाडौं ।

एनएमबि बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा शुरू गरेको छ । यो नेपालमै पहिलो पटक चौबिसै घण्टा र सातै दिन दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा भएको बैंकको भनाई छ ।

जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बताएको छ । उक्त सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो ।

एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीहरुलाई एक लाख रुपैयाँसम्म चौबिसै घण्टा र सातै दिन दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

“एनएमबि सापटी डिजिटल बैंकिङ्गमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिबृद्धि गर्दछ । शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको शुरु देखी अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरण प्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्याउँदछ । ” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने।

easy care

प्रकाशित: १७ कार्तिक २०७७, सोमबार