आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य

Technology Khabar १६ कार्तिक २०७७, आईतवार

आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं ।

आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ।

आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

खल्तीसँगको सम्झौतापछि आईसीएफसी फाइनान्सका ग्राहकहरूले फाइनान्सको खाता डाइरेक्ट खल्तीसँग लिंक गर्न सकिन्छ । खातामा रहेको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन् ।

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा आईसीएफसी फाइनान्सले गरेको छ ।

सम्झौता अनुसार आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ्ग प्रणाली प्रदान गर्नेछ।

यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। आईसीएफसी फाइनान्सका ग्राहकले बैंक वाइन्डिङ्ग,ई-बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकिङ्ग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

ताजा समाचार