सामसङले रिडिजाइन गर्यो ग्यालेक्सी स्टोर, गेमिङ्ग एप्समा ध्यान केन्द्रित गर्दै

Technology Khabar १६ कार्तिक २०७७, आईतवार

सामसङले रिडिजाइन गर्यो ग्यालेक्सी स्टोर, गेमिङ्ग एप्समा ध्यान केन्द्रित गर्दै

काठमाडौं ।

सामसङले मोबाइल गेममा केन्द्रित हुँदै आफ्नो ग्यालेक्सी स्टोरलाई रिडिजाइन गरेको छ । नयाँ डिजाइनले गेमरलाई खोज्न, ब्राउज गर्न र अधिक गेमहरु खेल्नका लागि सजिलो बनाएको छ।

नयाँ डिजाइनको स्टोरका साथमा सामसङले मोबाइलमा गेम प्रयोगकर्ताहरुका लागी आफू पहिलो विकल्प बन्न चाहेको छ ।

ग्यालेक्सी स्टोरबाट सामसङका यूजरले सिधै फोर्टनाइट गेम  समेत डाउनलोड गर्न सक्नेछन्, जसलाई केहि समयअघि एप्पलको एप स्टोरबाट हटाईएको थियो ।

सामसङको दाबीअनुसार अमेरिकामा ग्यालेक्सी स्टोरबाट मात्र फोर्टनाइट गेम डाउनलोड गर्न सकिन्छ ।

यो नयाँ रिडिजाइन गरिएको ग्यालेक्सी स्टोरमा केबल दुई वटा ट्याब मात्र होम स्क्रीनमा दिईएको छ, जसमध्ये एउटा एपको लागि हो भने अर्को गेमका लागी ।

ग्यालेक्सी स्टोरले गेमका लागि प्रिभ्यू, प्रोमो र रिवार्ड समेत उपलब्ध गराएको छ । स्टोरबाट गेमहरु किन्यो भने रिवार्ड प्वाइन्ट पाउन सकिन्छ । ती रिवार्ड प्वाइन्टलाई अर्को गेम डाउनलोड गर्दा उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

एप सेक्सनले भने तपाईँको सामसङको आधारमा अनुभव प्रदान गर्नेछ अर्थात प्रत्येक यूजरको लागि फरक अनुभव हुनेछ । यसका साथै सामसङले एक्सक्लुसिभ एपको लागि विभिन्न निर्माताहरुसँग समेत सहकार्य गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

ताजा समाचार