एफवान सफ्ट ग्रुपले माग्यो सूचना प्रविधिका २९ जना कर्मचारीहरु

Technology Khabar १५ कार्तिक २०७७, शनिबार

एफवान सफ्ट ग्रुपले माग्यो सूचना प्रविधिका २९ जना कर्मचारीहरु

काठमाडौं ।

सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनी एफवान सफ्ट ग्रुपले २९ जना कर्मचारी माग गरेकोछ । एफवान सफ्टले विभिन्न पदमा २९ जना कर्मचारी माग गरेको हो ।

एफवान सफ्टले ईन्फरमेसन सेक्युरिटी अफिसर १ जना, डेभअप्स इन्जिनियर २ जना, सपोर्ट इन्जिनियर ६ जना, सिनियर सफ्टवेयर इन्जिनियर (जाभा) १ जना, सिनियर क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर १ जना र सफ्टवेयर इन्जिनियर (जाभा) २ जना माग गरेको छ ।

त्यस्तै कम्पनीले डाटाबेस एडमिनिस्ट्रेसन ३ जना, क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर २ जना, एशोसिएट क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर ३ जना, एशोसिएट सफ्टवेयर इन्जिनियर (पीएचपी) १ जना, एशोसिएट सफ्टवेयर इन्जिनियर (जाभा) २ जना, एशोसिएट सपोर्ट इन्जिनियर ३ जना, म्यानेजमेन्ट ट्रेनी १ जना र एक्जिक्युट असिस्टेन्ट १ जना मागेको छ ।

एफवान सफ्ट ग्रुप अन्तरगत ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्सफर, एक्सटेन्सो डाटा, सिरान टेक्नोलोजी लगायतका कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

easy care

प्रकाशित: १५ कार्तिक २०७७, शनिबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार