नेपालमा तेस्रो र पाँचौं स्थानमा रहेका सामसङ र शाओमी विश्व बजारमा पहिलो र तेस्रो स्थानमा

Technology Khabar १४ कार्तिक २०७७, शुक्रबार

नेपालमा तेस्रो र पाँचौं स्थानमा रहेका सामसङ र शाओमी विश्व बजारमा पहिलो र तेस्रो स्थानमा
Classic Tech
Nepal Telecom

चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पले सेप्टेम्बर ३० मा सकिएको त्रैमासमा विश्व मोबाइल फोन बजारमा तेस्रो स्थान ओगटेको छ।

कम्पनीले चीन र युरोपमा बजारको हिस्सामा पकड ससक्त गरेसँगै अन्य बजारहरुमा पनि वृद्धि देखिएको छ।

अमेरिकी प्रतिबन्धका कारण प्रतिस्पर्धी ह्वावे टेक्नोलोजीको प्रभुत्वमा कमी आएको बजार तथ्यांकले देखाएको छ । जसले गर्दा शाओमीलाई तेस्रो स्थानमा पुर्याएको हो ।

शाओमीले ग्लोबल लिडरबोर्डमा तेस्रो स्थान लिँदै तेस्रो क्वाटरमा ४ करोड ७१ लाख ह्यान्डसेटहरू बिक्री गरेको थियो, जुन बजार अनुसन्धान फर्म क्यानालिसका अनुसार अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४५ प्रतिशतले बढि हो।

ग्लोबल स्मार्टफोन बजार जुलाई-सेप्टेम्बरमा १ प्रतिशतले संकुचित भएको छ जहाँ कुल ३४ करोड ८० लाख यूनिट आपूर्ति भएको छ । तर महामारीको असरमा परेको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशतले वृद्धि भयो।

सामसँग इलेक्ट्रोनिक्स को लिमिटेडले विश्व बजारमा पुन पहिलो स्थान हात पारेको छ जसलाई भारतको बिक्रीले सहयोग पुर्याएको छ । भारतीय बजारमा हाल राजनीतिक तनावका कारण चिनियाँ ब्रान्डलाई समस्या पारेको छ।

चिनियाँ टेक जायन्ट ह्वावे दोस्रो नम्बरमा रहँदै ५ करोड १७ लाख यूनिट आपूर्ति गर्न सफल भएको छ । कम्पनीको बजार २३ प्रतिशतले खुम्चिएको छ ।

यसैगरि अर्को चिनियाँ ब्राण्ड भिभोले आफूलाई टप फाईभमा पार्न सफल भएको छ । कम्पनीले ओपोलाई पछाडि पार्दै विश्व बजारमा ३ करोड १८ लाख यूनिट शिपमेन्ट गरेको छ।

स्मार्टफोनको विश्व बजारमा चौथो स्थान भने एप्पलले लिएको छ जसले कुल ४ करोड ३२ लाख यूनिट आपूर्ति गर्न सक्षम भएको क्यानालिसको रिपोर्टमा उल्लेख छ।

सामसङ शाओमी भिभो विश्व बजारमा टप फाइभ स्मार्टफोन ब्राण्डमा परेपनि नेपाली बजारमा भने कम्पनीहरु तेस्रो र पाँचौं स्थानमा रहेको देखिएको छ । गत वर्षको तथ्यांकअनुसार हेर्दा सामसङ १० प्रतिशत हिस्सा लिँदै तेस्रो स्थानमा छ भने शाओमी ८ प्रतिशत हिस्सा लिँदै पाँचौं स्थानमा रहेका छन् ।

नेपाली बजारमा भने लाभा र आइटेल पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार-

नेपालमा सामसङ र शाओमी ब्राण्डको बिजोग, ओपो ब्राण्डको नामनिशानै छैन्, लाभा अग्रस्थानमा

TK Viber

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

Comments are closed.

Loading...