एप्पलको तेस्रो त्रैमासमा रेकर्ड आम्दानी, सेवा क्षेत्रको माग बढ्दा ६४.७ अर्ब डलर कमायो

Technology Khabar १४ कार्तिक २०७७, शुक्रबार

एप्पलको तेस्रो त्रैमासमा रेकर्ड आम्दानी, सेवा क्षेत्रको माग बढ्दा ६४.७ अर्ब डलर कमायो

काठमाडौं ।

आईफोन निर्माता कम्पनी एप्पलले सेप्टेम्बर क्वार्टरमा एक रेकर्ड कायम सहितको आम्दानी गरेको छ ।

सेप्टेम्बर क्वार्टरमा कम्पनीको राजस्व ६४ अर्ब ७० करोड डलर आर्जन गरेको छ। कम्पनीले यस अवधिमा विभिन्न बजारमा राम्रो प्रदर्शन गर्‍यो।

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले परिणाम जारी गर्दै भने, ‘भौगोलिक क्षेत्रको हिसाबले हामीले अमेरिका, युरोप र सम्पूर्ण एशिया प्रशान्तमा सेप्टेम्बर क्वार्टरमा रेकर्ड प्रदर्शन गरेका छौं। हामीले सेप्टेम्बर क्वार्टरमा पनि भारतमा रेकर्ड प्रदर्शन गरेका थियौं। यस क्वाटरमा भारतमा हाम्रो अनलाइन स्टोरको सुरूवातले धेरै राम्रो प्रतिक्रिया प्राप्त गर्‍यो।’

यो उल्लेखनीय छ कि एप्पलले सेप्टेम्बर क्वार्टरमा नै भारतमा पहिलो अनलाइन स्टोर सुरू गरेको थियो। भारतको प्रीमियम कोटीमा एप्पलको प्रतिस्पर्धा सामसंग र वनप्लस जस्ता कम्पनीहरूसँग छ। कम्पनी आक्रामक भई भारतीय बजारमा आफ्नो उपस्थिति बलियो गर्दैछ।

कम्पनीले आफ्नो नयाँ आईफोन १२ सिरिजको लन्च ढिलो गरेपनि आम्दानीमा भने त्यसले कुनै असर गरेर यदपी केहि रकम गुमाएको अनुमान गरिएको छ । तर आईफोन ११ सिरिजको बिक्रीमा करिब २० प्रतिशतको वार्षिक कमी आएपनि म्याक डिभिजन र सेवा क्षेत्रले गर्दा कम्पनीको आम्दानी रेकर्ड हासिल गरेको हो ।

यसअघि कम्पनीले नयाँ आईफोन यहि त्रैमासमा नै ल्याउने हुँदा त्यसको आम्दानीले ठूलो असर पार्ने गर्दथ्यो तर यस पटक कम्नपीले आईफोन १२ करिब १ महिना ढिलो सार्वजनिक गरेको छ। त्यसैले नयाँ त्रैमासको आम्दानीमा उल्लेख्य वृद्धि देखिनेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

ताजा समाचार