मेसेजिङ्ग एप ह्वाट्सएपमा दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान गरिँदै

Technology Khabar १४ कार्तिक २०७७, शुक्रबार

मेसेजिङ्ग एप ह्वाट्सएपमा दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान गरिँदै

काठमाडौं ।

लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपमार्फत हाल दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान हुने गरेको छ ।

फेसबुकको अधिनमा रहेको इन्स्ट्यान्ट मेसेजिङ्ग एपको सो गतिबिधिबारेमा हालै फेसबुकका सिईओ मार्क जुकरबर्गले बिहिबार आयोजित त्रैमासिक अर्निंग कलमार्फत जानकारी दिएको टेक क्रन्चले उल्लेख गरेको छ ।

गत नयाँ वर्षको पूर्वसन्ध्यामा ह्वाट्सएपले १० अर्ब भन्दा बढि मेसेजहरु आदान प्रदान गरेको थियो । त्यो दिन ह्वाट्सएप सबैभन्दा धेरै इंगेज हुने प्लेटफर्म भएको थियो ।

त्यसपछि भने ह्वाट्सएपले आफैंसँग मात्र मेसेज आदान प्रदानमा प्रतिस्पर्धा गरिरहेको छ ।

फेसबुकको मेसेन्जर र ह्वाट्सएपको संयुक्त जोड गर्दा सन् २०१६ मा दैनिक ६० अर्ब भन्दा बढि मेसेजहरु आदान प्रदान गर्न प्रयोग भएको थियो ।

ह्वाट्सएपछि वीच्याटमा धेरै मेसेजहरु पठाईने गरिन्छ । जहाँ करिब १ अर्ब यूजरहरु दैनिक सक्रिय हुने गरेका छन तर दैनिक मेसेज पठाउने मामलामा भने निकै कम रहेको छ ।

सन् २०१४ मा पहिलो पटक ह्वाट्सएप ५० अर्ब टेक्स्टहरु एक दिनमा आदान प्रदान गर्न प्रयोग भएको थियो ।

यो वर्ष हामी मेसेजिंगमा निधै सहभागी भएका छौं र यसअघि भन्दा पनि धेरै, हामीले हाम्रा मनपराईएकाहरुसँग सम्पर्क गर्न र बिजनेसलाई फत्ते गर्नका लागि, ह्वाट्सएपका प्रमुख वील क्याथकार्टले ट्विट गरेर भनेका छन् ।

उनले १ खर्ब मेसेज डेलिभरी गर्न पाउनु गर्वको विषय भएको र यसले अगाडिको मार्गलाई अझ उत्साहित बनाएको बताएका छन् ।

easy care

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

ताजा समाचार