Technology Khabar १४ कार्तिक २०७७, शुक्रबार
काठमाडौं ।
छिमेकी मुलुक भारतमा प्रतिबन्धमा परेको पबजी मोबाइल गेमले शुक्रबारदेखि गेमरहरुको लागि काम नगर्ने भएको छ ।
कम्पनीले घोषणा गरेको छ कि पबजी मोबाइल र पबजी मोबाइल लाइटले शुक्रवारदेखि भारतमा खेलाडीहरूको लागि काम गर्ने छैन।
टेन्सेन्ट गेम्स, जसको स्वामित्वमा पबजी मोबाइल गेम छ सो कम्पनीले हालै फेसबुकमा भने कि यसले ‘यो नतिजा बारेमा गहिरो दुख व्यक्त गर्दछ,’ र भारतमा सपोर्ट गरेकोमा पबजी मोबाइल र पबजी मोबाइल लाइट प्रशंसकहरुलाई धन्यवाद दिएको भारतीय मिडियामा उल्लेख छ।
कम्पनीले बिहीबार भनेको छ कि ‘प्रयोगकर्ताको डाटा सुरक्षित गर्नु सधैं प्राथमिकतामा रहेको थियो र हामी भारतमा लागू डाटा संरक्षण कानून र नियमहरूको पालना गर्दछौं। सबै प्रयोगकर्ता पबजी गेमप्ले जानकारीलाई हाम्रो गोपनीयता नीतिमा खुलासा गरी पारदर्शी ढ्रगले प्रक्रिया गरिन्छ।’
यो घोषणा सेप्टेम्बर २ मा पबजी मोबाइल र पबजी मोबाइल लाइट प्रतिबन्धित गर्ने भारत सरकारको निर्णयको पछाडि आएको हो।
यसअघि पबजी कर्पोरेशनले टेनसेन्टसँगको सहकार्य तोड्ने निर्णय गर्दै भारतमा आफैं गेम ल्याउने घोषणा गरेको थियो ।
पबजीको लागि भारत निकै ठूलो बजार हो । जहाँ ३ करोड ३० लाख भन्दा धेरै पबजी प्लेयरहरु थिए ।
पबजी बन्द भएसँगै भारतमा स्थानिय कम्पनीले फौजी नामक मोबाइल गेम ल्याउने घोषणा गरेको छ । एजेन्सी
प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार