भिभोले नयाँ अपरेटिङ्ग सिस्टम ‘ओरिजिन ओएस’ ल्याउँदै, फनटच ओएसलाई प्रतिस्थापन गर्ने

Technology Khabar १४ कार्तिक २०७७, शुक्रबार

भिभोले नयाँ अपरेटिङ्ग सिस्टम ‘ओरिजिन ओएस’ ल्याउँदै, फनटच ओएसलाई प्रतिस्थापन गर्ने
Classic Tech
Nepal Telecom

चिनियाँ स्मार्टफोन मेकर भिभोले आफ्नो फनटच ओएसलाई प्रतिस्थापन गर्ने यसअघि नै समाचार आएको थियो । जसलाई कम्पनीले हाल आधिकारीकरुपमा नै पुष्टि गरेको छ।

भिभोले फनटच ओएसलाई पूर्णरुपमा एन्ड्रोयडमा आधारित नयाँ ओएस ओरिजिनद्धारा प्रतिस्थापन गर्ने भएको हो । कम्पनीले आफ्नो आधिकारिक वेबो एकाउन्टबाट ओरिजिन ओएस छिटै आउने घोषणा गरेको छ ।

यसका साथै यहि नोभेम्बर १९ मा चीनको सेनझेनमा भिभो डेभलपर कन्फ्रेन्स आयोजना गर्ने घोषणा गरेको छ । संभवत सो कन्फ्रेन्समा नै नयाँ अपरेटिङ्ग सिस्टम आउने बताईएकोछ।

सो कन्फ्रेन्समा नयाँ ओएस, आईओटी, गेम्स, एप्लिकेसन, टेक्नोलोजी लगायतका विषयमा छलफल हुनेछ।

सो कन्फ्रेन्समा हार्डवेयर पनि ल्याईने छ वा छैन भन्ने जानकारी छैन् ।

भिभोको नयाँ ओएस कम्पनीको नयाँ स्मार्टफोन एक्स ६० सिरिजका साथ सार्वजनिक गर्ने अनुमान गरिएको छ।

TK Viber

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

Comments are closed.

Loading...