यस्तो छ पछिल्लो ५ वर्षको दूरसञ्चार क्षेत्रको आम्दानी, रोयल्टी र आरटिडिएफको अवस्था

Technology Khabar १३ कार्तिक २०७७, बिहीबार

यस्तो छ पछिल्लो ५ वर्षको दूरसञ्चार क्षेत्रको आम्दानी, रोयल्टी र आरटिडिएफको अवस्था
Classic Tech
Nepal Telecom

पछिल्लो ५ वर्षको दूरसञ्चार सेवा क्षेत्रको आम्दानीको तुलना गर्दा आर्थिक वर्ष २०७५।७६ मा नेपालको दूरसञ्चार क्षेत्रको आम्दानीमा कमी आएको देखिएको छ।

आर्थिक वर्ष २०७१।७२ देखि २०७५।७६ सम्मको सेवा प्रदायकहरुको कुल आय, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष(आरटिडिएफ)को तुलना गर्दा गत आवमा आम्दानीका साथै रोयल्टी र कोषको योगदानमा समेत कमी आएको देखिएको छ ।

विश्वभरमा तिब्रगतिमा बढिरहेको दूरसञ्चार सेवा र आम्दानीमा भईरहेको वृद्धिको तुलनामा नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको आम्दानी भने घटेको देखिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको वार्षिक प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०७५।७६ मा कुल आय १ खर्ब १ अर्ब ३५ करोड २९ लाख ६३ हजार ५०९.७५ रुपैयाँमा समेटिएको छ । त्यसको अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७४।७५ सम्म भने बिगत ५ वर्षमा दूरसञ्चार सेवाको आम्दानी निरन्तर वृद्धि भईरहेको थियो।

आर्थिक वर्ष २०७५।७६ मा आयका साथै ग्रामीण दूरसञ्चार विकास कोष(आरटिडिएफ)मा हुने योगदान घटेर २ अर्ब ३६ लाख ६१ हजार ५९७.१ रुपैयाँ रहेको छ भने रोयल्टी ३ अर्ब ९४ करोड ६२ लाख ५० हजार २१६.८३ रुपैयाँ रहेको देखिन्छ ।

सो तुलनात्मक अध्ययनको पहिलो आर्थिक वर्ष आर्थिक वर्ष २०७१।७२ मा भने दूरसञ्चार सेवाको कुल आम्दानी ९८ अर्ब ९८ करोड २८ लाख १२ हजार २६१.४४ रुपैयाँ रहेको थियो भने आरटिडिएफ १ अर्ब ९९ करोड २७ लाख ७३ हजार २४४.४५ रुपैयाँ तथा रोयल्टी ४ अर्ब १४ करोड ५९ लाख ४८ हजार ८३८.२६ रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७१।७२ को तुलनामा आर्थिक वर्ष २०७५।७६ मा दूरसञ्चार क्षेत्रको कुल आम्दानीमा वृद्धि भएसँगै आरटिडिएफमा समेत वृद्धि भएको देखिएको छ तर रोयल्टी रकममा भने कमी आएको छ ।

आर्थिक वर्ष २०७१।७२ को तुलनामा आर्थिक वर्ष २०७५।७६ मा रोयल्टी रकम १९ करोड ९६ लाख ९८ हजार ६२१.४३ रुपैयाँले कमी आएको देखिएको छ ।

त्यसैगरि तथ्यांकअनुसार आर्थिक वर्ष २०७४।७५ को तुलनामा हेर्दा भने आर्थिक वर्ष २०७५।७६ मा रोयल्टी रकममा २२ करोड २५ लाख ९६ हजार १५८.६७ रुपैयाँले घटेको देखिएको छ ।

TK Viber

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

Comments are closed.

Loading...