एप्पलले तिब्र गतिमा आफ्नै सर्च इञ्जिन ल्याउँदै, गूगल सर्चको विकल्पको रुपमा प्रयोग हुने

Technology Khabar १३ कार्तिक २०७७, बिहीबार

एप्पलले तिब्र गतिमा आफ्नै सर्च इञ्जिन ल्याउँदै, गूगल सर्चको विकल्पको रुपमा प्रयोग हुने
Classic Tech
Nepal Telecom

एप्पल गूगल सर्चलाई हटाउनका लागि तिब्ररुपमा आफैंले सर्च इञ्जिनको विकास गर्दैछ। यद्यपि केहि समयदेखि नै अनुमानहरू लगाइएको थियो कि कुपर्टिनो कम्पनीले गूगल सर्चको विकल्प निर्माण गरिरहेको छ।

हालको रिपोर्ट आईओएस १४ र आईप्याड १४ मा प्रदान गरिएको सूधारिएको खोज कार्यक्षमतामा आधारित छ, जसलाई प्रयोगकर्ताका प्रश्नहरूको उत्तर दिन गूगलको सपोर्ट आवश्यक पर्दैन। एप्पलले यस बर्षको शुरुमा पनि सर्च ईन्जिनियरहरूका लागि आवेदन माग गरेको थियो जसले संकेत गर्दछ कि कम्पनी आफ्नै सर्च इञ्जिनसँग अगाडि बढाईरहेको छ।

यसका साथै हालैको गूगलको बिरूद्ध अमेरिकाको एन्टिट्रस्ट मुद्दाले आईफोन र आईप्याडमा पूर्वनिर्धारित सर्च इञ्जिन हुन दिनका लागि गूगलबाट एप्पलले हरेक वर्ष प्राप्त गर्ने भुक्तान रकमलाई समेत चुनाैती दिएको छ।

फाइनान्सियल टाइम्सको रिपोर्टकाअनुसार आईओएस १४ र आईप्याडओएस १४ मा स्ट्यान्डअलोन वेब सर्च क्षमताहरू ल्याउने एप्पलको कदम ‘बढ्दो प्रमाण’ हो जुन टिम कुकको नेतृत्वमा रहेको टोलीले गूगलको साटो आफ्नै सर्च इञ्जिनको साथ लिन लागेको छ। भर्खरका सफ्टवेयर अपडेट्सले प्रयोगकर्ताहरूलाई वेब स्क्रिनमा सर्च बक्स खोज्नको लागि होम स्क्रिनमा सर्च बक्सलाई तल सार्ने अनुमति दिन्छ। यसले गूगलबाट नतिजा देखाउनुको सट्टा वेबसाईटहरूमा प्रत्यक्ष लिंक ल्याउँछ।

एप्पलले आफ्नै सर्च इन्जिनलाई ससक्त बनाउन सन् २०१८ मा नै गूगलका अनुभवि इन्जिनियर तथा सर्च इन्जिन प्रमुख जोन गियानान्ड्रियालाई नियुक्त गरेको थियो ।

एप्पलले गूगल सर्च इन्जिनलाई एप्पलका डिभाइसहरुमा डिफल्टको रुपमा राख्नका लागि प्रत्येक वर्ष गूगलबाट ८ देखि १२ अर्ब डलर प्राप्त गर्दछ । तर हालै अमेरिकी सरकाले गूगलको विरुद्ध दायर गरेको मुद्धामा कम्पनीले आफ्नो सर्च इन्जिनको एकाधिकार राख्नका लागि अन्य कम्पनीहरुलाई समेत रकम दिने गरेको आरोप लगाएको छ ।

यसले गर्दा पनि एप्पलले गूगलबाट पाउने रकम गुमाउन सक्नेछ भने कम्पनीले गूगलसँगको सम्पर्क तोड्नुपर्ने हुनसक्नेछ । एजेन्सी

TK Viber

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

Comments are closed.

Loading...