चौथो उद्यमी टक सिरिज सम्पन्न

Technology Khabar १३ कार्तिक २०७७, बिहीबार

चौथो उद्यमी टक सिरिज सम्पन्न

काठमाडौं ।

हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार “उद्यमी टक सिरिज-लेभल ४ समूह निर्माण”को आयोजना गरिएको छ।

दशैलाई लक्षित गर्दै आयोजना गरिएको हल्ट प्राइजमा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो ।

इभेन्टमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका प्रा. स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कका सहसंस्थापक अपर्ना जोशी खन्ड्वाला, चीनको माइहोमीकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको विशेष उपस्थितिमा समूहगत छलफल भएको थियो ।

उनीहरूले आ-आफ्ना अनुभव साट्नुका साथै नयाँ उद्यमशीलताका लागि सहभागीहरुलाई अभिप्रेरित गरेका थिए।

सो इभेन्टमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल इन्टरनेस्नल २०१६ वर्षा लेखि, मिस नेपाल अर्थ् २०१८ प्रिया सिग्देल र आजकल फेसबुकमा भाइरल बनेको “सेवेन रिजन्स यु सुड नेभर भिजिट् नेपाल”की प्रवक्ता मान्सी अग्रवालहरूको अर्को प्यानल डिस्कसन पनि भएको थियो ।

उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा गायकहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना तथा कमिडियन आयुष श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरूले विभिन्न प्रश्नहरू गरी छलफल गरेका आयोजकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार