हार्ले डेभिडसन इलेक्ट्रिक बाइसाइकल व्यवसायमा प्रवेश, ल्यायो नयाँ इलेक्ट्रिक साइकल

Technology Khabar १२ कार्तिक २०७७, बुधबार

हार्ले डेभिडसन इलेक्ट्रिक बाइसाइकल व्यवसायमा प्रवेश, ल्यायो नयाँ इलेक्ट्रिक साइकल
Classic Tech
Nepal Telecom

अटो कम्पनी हार्ले डेभिडसनले इलेक्ट्रिक बाइक प्रस्तुत गरेको छ। तपाई यसलाई इलेक्ट्रिक साइकल पनि भन्न सक्नुहुन्छ। किनभने यो सामान्य साइकल भन्दा धेरै फरक छैन।

आगामी समयमा, हार्ले डेभिडसनले आफ्नो ई-बाइक डिभिजनलाई सीरियल १ साइकल कम्पनी (Serial 1 Cycle Company)को नामबाट स्थापना गरेको छ जून इलेक्ट्रिक मोटरसाइकल उत्पादन परियोजनाको रुपमा शुरु भएको थियो।

सन् १९०३ मा हार्ले डेभिसनको सबभन्दा पुरानो मोटरसाइकललाई सिरियल नम्बर वन राखिएको थियो। कम्पनीले सीरियल १ साइकलको लागि छुट्टै टीम तयार गरेको छ।

यही कारणले कम्पनीले यसलाई पनि सिरियल १ नाम राखेको हो। यस इलेक्ट्रिक बाइकको बिक्री अर्को बर्ष मार्चबाट सुरू हुनेछ। कम्पनीले अझै आफ्नो स्पेक सार्वजनिक गरेको छैन।

सीरियल १ मा सेतो टायर छ र साधारण साइकलको जस्तै यसमा पनि पारंपरिक चेन सहित एक सीट र प्याडल रहेको छ। कम्पनीले सीरियल १ साइकलको लागि एउटा छुट्टै वेबसाइट पनि बनाएको छ।

हार्ले डेभिडसन सीरियल १ साइकलको वेबसाइटमा १६ नोभेम्बरसम्म काउन्टडाउन टाइमर रहेको छ । यसको अर्थ कम्पनीले यसको बारेमा अधिक जानकारी १६ नोभेम्बरमा साझेदारी गर्न सक्दछ।

हार्ले डेभिडसनका अनुसार, सीरियल १ ईबाइसाइकल (Serial 1 eBucycle) ले टाढासम्म, छिटो र कुनै प्रयास नगरीकन नै जोसुकैलाई यात्रा गराउन सक्दछ, जुन सहरी यात्राको लागि उत्तम समाधान हुनेछ।

हार्ले डेभिडसनका अनुसार,अनुसार सन् २०१९ मा विश्व ईसाइकलको बजार १५ अर्ब डलरको रहेको थियो भने यो सन् २०२० देखि सन् २०२५ सम्ममा ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

‘सीरियल १ को स्थापनाले हार्ले डेभिडसनलाई यस गतिशीलता क्रान्तिमा मुख्य भूमिका खेल्न अनुमति दिनेछ, जबकि सीरियल १ लाई ई(साइकल ग्राहकमा विशेष ध्यान दिन र स्वतन्त्रता तथा साहसिक कार्यमा आधारित अतुलनीय सवारी अनुभव प्रदान गर्न अनुमति प्रदान गर्नेछ,’ कम्पनीका ब्राण्ड निर्देशक एरोन फ्रांकले विज्ञप्तीमा भने ।

TK Viber

प्रकाशित: १२ कार्तिक २०७७, बुधबार

Comments are closed.

Loading...