Technology Khabar १२ कार्तिक २०७७, बुधबार
भारतमा चिनियाँ एप्सको प्रतिबन्धको मारमा परेको अनलाइन गेमिंग एप पबजीमा प्रतिबन्ध लागेसँगै सोहि एपको नक्कलको रुपमा भारतीय कम्पनीले फौजी (FAU-G) नामक मोबाइल गेम ल्याउने घोषणा गरेको थियो ।
सोहि मोबाइल गेम फौजीले दशैंको अवसर पारेर गएको आईतवार नयाँ गेमको टीजर जारी गरेको छ ।
भारतीय कम्पनी एनकोर गेम्सले सार्वजनिक गरेको सो फौजी गेमलाई भारतीय कलाकार अक्षय कुमारले प्रबद्र्धन तथा सहयोग गरिरहेका छन् ।
सो सार्वजनिक गरिएको टीजरमा भारत र चीन बिचको सीमानाका गलवान घाटीमा भएको दुई देशका सैनिकहरुबिचको झड्पलाई देखाईएको छ ।
एक मिनेटको सो टीजरमा भारतीय सैनिकहरुलाई बिना हतियारसहित चीनका सैनिकहरुसँग भिडन्त गरिरहेको देखाईएको छ । टीजर हेर्दा यो गेम गलवान घाटीमा भएको दुई देशका सैनिकहरुबिचको झड्पबाट प्रभावित भएको छ ।
एनकोरका सह संस्थापक विशाल गोण्डालले फौजी गेमको कल्पना अक्षय कुमारले गरेको जानकारी दिएका छन् ।
उनको दाबीअनुसार सो अनलाइन गेम विश्वस्तरको रहेको र पबजी जस्ता गेमहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको रहेकोछ ।
प्रकाशित: १२ कार्तिक २०७७, बुधबार