एएमडीले ३५ अर्ब डलरमा किन्यो अर्को चिप्स उत्पादक कम्पनी जिलिङ्क्स इंक

Technology Khabar १२ कार्तिक २०७७, बुधबार

एएमडीले ३५ अर्ब डलरमा किन्यो अर्को चिप्स उत्पादक कम्पनी जिलिङ्क्स इंक
Global IME Bank

काठमाडौं ।

चिप्स उत्पादक कम्पनी एएमडीले अर्को चिप्स उत्पादक कम्पनी जिलिङ्क्स इंकलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ।

यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरू तीव्र हुने अनुमान गरिएको छ।

जिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ। जिलिङ्क्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन्। एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने जिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ।

एएमडीले उत्पादन गरेका प्रोसेसर प्रविधिले सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।

जिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डाटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे।

एएमडीका प्रमुख कार्यकारी डा लिसा सूलाई संयुक्त कम्पनीको प्रमुख कार्यकारीको रूपमा जिम्मेवारी दिइएको छ। पेङ भने एएमडीको अध्यक्ष रहनेछन् र जिलिङ्क्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व गर्नेछन्।

यो सम्झौता अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ। सम्झौतालाई दुबै कम्पनीका शेयरधनीहरूले अनुमोदन गर्नु पर्नेछ। एजेन्सी

Sajilo Visa

प्रकाशित: १२ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया