फेसबुकको क्लाउडमा आधारित गेमहरु एन्ड्रोइड र वेबको लागि बीटा भर्सनमा उपलब्ध

Technology Khabar १२ कार्तिक २०७७, बुधबार

फेसबुकको क्लाउडमा आधारित गेमहरु एन्ड्रोइड र वेबको लागि बीटा भर्सनमा उपलब्ध

काठमाडौं ।

फेसबुकले आफ्नो फेसबुक एप र ब्राउजरमा गेम्सहरू सुरूवात गर्ने घोषणा गरेको छ। यी अनलाइन खेलहरू क्लाउडमा आधारित छन भने डाउनलोड गर्न आवश्यक पर्दैन र तुरून्त खेल्न सकिने किसिमका छन्। यसको लागि कुनै विशेष हार्डवेयर वा कन्ट्रोलरहरु आवश्यक पर्दैनन्।

यसका साथमा अब फेसबुक पनि क्लाउड गेमको बजारमा उत्रिएको छ । यसअघि गूगल स्टाडिया र अमेजन लूना यस क्षेत्रमा अगाडी थिए ।

यी गेमहरु सिधै एचटिएमएल ५ मा पहुँचयोग्य हुनेछन्। सेवा, २००,००० वटा डिभाइसमा परीक्षण गरीएको छ भने हाल एन्ड्रोइड र वेबमा बीटा भर्सनमा शुरू भएको छ ।

तर यो हालका लागि आईओएसमा उपलब्ध हुने छैन। ‘यो एप्पलको नयाँ गेम्स नीतिले गर्दा हो,’ कम्पनीले भन्यो ।

यस हप्ता उपलब्ध खेलहरूको पहिलो सेटमा गेमलोफ्टद्वारा तयार पारिएको चर्चित गेम अस्फाल्ट ९, मोन्टनद्वारा तयार पारिएको मोबाइल लिजेन्ड, कंक्रीट सफ्टवेयरद्वारा ल्याईएको पीजीए टूर गल्फ शूटआउट, सोलेटर, डब्लूडब्लूई सूपरकार्डलगायत रहेका छन् ।

कम्पनीले आउने हप्ताहरुमा रेड बुलको डर्ट बाइक जोड्नेछ। यसका साथै नयाँ नयाँ अनुभव र नयाँ खेलहरूको लागि पनि परीक्षण जारी रहनेछ।

 

खेलहरूमा प्लेयरका नामहरू र गेमिङ्ग थिम सहितका अवतारहरू फिचर हुनेछ । साथै क्लाउड प्ले योग्य विज्ञापनहरू पनि देखा पर्नेछन्।

‘यो नयाँ ढाँचाको साथ, हामी खेल र विज्ञापन बिच धमिलो पार्दै अब गेम्सको नेटिभ कोडबाट अन्तरक्रियात्मक डेमोलाई सपोर्ट गर्न सक्छौं,’ फेसबुकले भन्यो ।

फेसबुकको पेजमा नै नयाँ गेम ट्याब छ तर फेसबुकले जोड दियो कि यसले कुनै पनि छुट्टै क्लाउड गेमिङ्ग सेवा बन्द गर्ने छैन। एजेन्सी

easy care

प्रकाशित: १२ कार्तिक २०७७, बुधबार