Technology Khabar ८ कार्तिक २०७७, शनिबार
काठमाडौं ।
सोशल मिडिया फेसबुकले आफ्नो डेटिङ एप यूरोपेली मुलुकहरुमा सार्वजनिक गरेको छ ।
टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ एप भ्यालेन्टाइन डेमा सार्वजनिक गर्ने योजना भएपनि ढिलोगरि फेसबुकले हाल यो फिचर सार्वजनिक गरेको हो ।
यसले फेसबुकमा रहेको प्रोफाइल प्रयोग गरेर अरु व्यक्तिसँग म्याच गराउने प्रयत्न गर्ने गर्दछ । यो फेसबुकमा एउटा ट्याबकोरुपमा आउने गर्दछ ।
यो फेसबुकको अरु सामाजिक सञ्जालहरुसँग पनि जोडिएको हुन्छ । यसमा इन्स्टाग्रामको स्टोरी तथा फोटोहरु पनि लिइएको हुन सक्छ ।
यसमा सिक्रेट क्रस फिचर पनि रहेको छ । फेसबुक डेटिङको सुविधा ५० भन्दा बढि देशहरुमा उपलब्ध भएको छ ।
यो फिचरले प्रयोगकर्ताको प्राइभेसीमा पनि एकदमै ध्यान दिने बताइएको छ । केही रिभ्यूहरु गर्न बाँकी भएकाले यो फिचर प्रयोगकर्ताहरुलाई दिनमा ढिलो भएको हो । एजेन्सी
प्रकाशित: ८ कार्तिक २०७७, शनिबार