आईफोन १२ का दुई मोडलहरु विश्व बजारमा उपलब्ध, दोस्रो ठूलो बजार चीनमा सकारात्मक प्रतिकृया

Technology Khabar ७ कार्तिक २०७७, शुक्रबार

आईफोन १२ का दुई मोडलहरु विश्व बजारमा उपलब्ध, दोस्रो ठूलो बजार चीनमा सकारात्मक प्रतिकृया

काठमाडौं ।

एप्पलले हालै लन्च गरेको दुई आईफोन १२ मोडेलहरू विश्व बजारमा उपलब्ध भएका छन् । एप्पलले आईफोन १२ र १२ प्रो फाइभजी दुई मोडलको स्टोर बिक्री शुरु गरेको छ भने प्रिअर्डर गर्ने ग्राहकहरुले आफ्नो डिभाइस प्राप्त गरेका छन् ।

यी दुबै फोनहरु शुक्रबार चीनमा समेत बिक्रीका लागि उपलब्ध भएका छन् । प्रारम्भिक अर्डर डाटाले कम्पनीको दोस्रो ठूलो बजारमा ५जी सपोर्ट गर्ने डिभाइसमा उपभोक्ताको ससक्त रुची देखाएको छ ।

शंघाईको व्यापार केन्द्रमा एप्पल स्टोर बाहिर केहि छोटो लाइनहरु देखिएका थिए । जसले विगतका लन्च इभेन्टहरुमा हुने भीडको तुलनामा केहि फरक भएको छ,  किनकी अहिले अधिकांशअर्डरहरु अब अनलाइनमा परिवर्तन भएको छ।

आईफोन १२ को नयाँ ग्रीन कलर अप्सन शुक्रवार चिनियाँ एप वेइबोमा शीर्ष ट्रेंडिङ्गमा रहेको थियो, जसले सकारात्मक प्रतिक्रिया जनाउँदछ।

गत हप्ता एप्पलको घोषणाले शुरुमा चीनमा मिश्रित समीक्षा ओगटेको थियो तर विश्लेषकहरूले यस बर्षमा अर्डरमा वृद्धि हुने अपेक्षा राखेका छन् ।

किनकि आईफोनका लोयल प्रयोगकर्ताहरूले अपग्रेड गरिएको फाइभजी नेटवर्क पूर्वाधारको साथ उपयुक्त नयाँ ह्यान्डसेटहरू खरीद गर्दछन्।

चिनियाँ ईकमर्श रिटेलर जेडी डट कमले घोषणाको पहिलो दिन आईफोन १२ का चारै मोडेलको १६ लाख प्रिअर्डर देखेको छ।

एप्पल र ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले यस वर्ष चीनमा आपूर्ति वृद्धि वृद्धि गर्ने शीर्ष फोन निर्माताहरू हुन्, दोस्रो त्रैमासमा एप्पलको वार्षिक ३५ प्रतिशत वृद्धि भएको अनुसन्धान कम्पनी क्यानालिसले भने। रोयटर्स

easy care

प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार