भारतमा फेसबुक विवाद: सार्वजनिक नीति प्रमुख अँखी दास संयुक्त संसदीय समितिमा उपस्थित

Technology Khabar ७ कार्तिक २०७७, शुक्रबार

भारतमा फेसबुक विवाद: सार्वजनिक नीति प्रमुख अँखी दास संयुक्त संसदीय समितिमा उपस्थित

काठमाडौं ।

भारतमा फेसबुकले गत चुनावताका सरकारको पक्ष लिएको विषयमा विवाद उत्पन्न भएपछि सो बारेमा संसदिय समितिमा सुनुवाई भईरहेको छ । सोही मामलामा फेसबुकको सार्वजनिक नीति प्रमुख अँखी दास डाटा सुरक्षाको सवालमा संयुक्त संसदीय समितिको समक्ष पेश भएकी छिन्।

भारतीय संचारमाध्यमहरुले स्रोतहरूलाई उदृत गर्दै समाचार प्रकाशित गरेका छन् ।

यसअघि अन्तराष्ट्रिय मिडियाहरुले पनि फेसबुकले भारतको भारतीय जनता पार्टीको पक्ष लिएको देखिएको समाचार सार्वजनिक गरेका थिए । जसले भारतमा राजनीतिक तरंग ल्याएको थियो ।

सोहि बारेमा लोकसभा सचिवालयले जारी गरेको सूचना अनुसार सांसद मीनाक्षी लेखीको अध्यक्ष रहेको संयुक्त डाटा समितिसमक्ष शुक्रबार निजी डाटा संरक्षण विधेयक २०१९ अन्तरगत फेसबुक इण्डियाका प्रतिनिधिहरुलाई उपस्थित हुन भनिएको थियो ।

त्यसैगरि ट्विटरका अधिकारीहरूलाई २८ अक्टुबरमा समिति समक्ष उपस्थित हुन भनिएको छ। सूत्रहरूले भने कि संसदको संयुक्त समितिले यही मुद्दामा अमेजन र गूगलका अधिकारीहरूलाई पनि भेट्ने विचार गरिरहेका छन्।

समितिकी अध्यक्ष लेखीले भनिन्, ‘जसलाई बोलाउन आवश्यक छ, चाहे त्यो व्यक्ति हो वा कम्पनी होस्, डाटा र गोपनीयता संरक्षणको सवालमा समितिको समक्ष पेश हुन आग्रह गरिनेछ र समितिले उनीहरूको सोशल मिडिया फोरमको कडा अनुसन्धान गर्नेछ । एजेन्सी

easy care

प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार