राष्ट्रिय आविष्कार केन्द्र दशैंको समयमा पनि २४ सै घण्टा खुल्ने

Technology Khabar ७ कार्तिक २०७७, शुक्रबार

राष्ट्रिय आविष्कार केन्द्र दशैंको समयमा पनि २४ सै घण्टा खुल्ने

काठमाडौं ।

विभिन्न किसिमका अनुसन्धानको काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्र दशैंको समयमा पनि २४ सै घण्टा खुल्ने भएको छ ।

अन्य समयमा पनि २४ सै घण्टा खुल्ला हुने आविष्कार केन्द्र दशैंको बिदाको अवधिमा पनि २४ सै घण्टा खुल्ने भएको हो ।

दशैंको समयमा कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने पीपीई, फेस शिल्ड, पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर सामानहरु उपलब्ध हुनेछन् ।

त्यस्तै आइसोलेसन हुड, आइसोलेसन च्याम्बर र कोरोनाको बिरामीले सास फर्ने गार्‍हो भएमा प्रयोग गरिने सीपीएपी मेसिन तथा बीआईपीएपी मेसिनहरु पनि उपलब्ध हुने आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

सीपीएपी मेसिन तथा बीआईपीएपी मेसिनहरु १८ ओटा मात्रै बाँकी रहेको महावीर पुनले उल्लेख गरेका छन् । आविष्कार केन्द्रले शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि लगायतका क्षेत्रमा अनुसन्धानको काम गरिरहेको छ ।

Global Bank
easy care

प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार

ताजा समाचार