फोनबाट आवश्यक नम्बरहरू डिलिट भयो, त्यसोभए गूगलको सहयोगमा यसरी गर्नुहोस रिस्टोर

Technology Khabar ७ कार्तिक २०७७, शुक्रबार

फोनबाट आवश्यक नम्बरहरू डिलिट भयो, त्यसोभए गूगलको सहयोगमा यसरी गर्नुहोस रिस्टोर
Classic Tech
Nepal Telecom

स्मार्टफोनमा सेभ गरिएको सयौं सम्पर्क नम्बरहरू डिलिट हुनुभन्दा भन्दा खराब अरू कुनै हुन सक्दैन र यो धेरै कारणहरूले गर्दा हुन्छ।

यदि सबै साथीहरू र परिवारका सदस्यहरूको नम्बर फोन हराउँदा, चोरी वा खराबीको मामलाका कारणले हरायो भने भने तिनीहरूलाई पुनः सेभ गर्न लामो समय लिन सक्दछ। यदि आवश्यक नम्बरहरू तपाईको फोनबाट पनि हटाइएको छ भने तिनीहरू गुगलको मद्दतले पुन प्राप्त गर्न सकिन्छ। साथै, यदि तपाईंले गूगल ड्राईभमा कन्ट्र्याक्सको ब्याकअप गर्नुभएको छैन भने तपाईंले तुरून्त गर्नुहोस्।

तपाईं गूगल स्मार्टफोन वा सिम कार्डमा सम्पर्कहरू सेभ गरेर त्यसलाई गूगलमा ब्याकअप सेभ गर्नुहोस्। यस पछि, यदि तपाईंले आफ्नो फोन हराउनुभयो, वा नयाँ फोन लिनुभयो भने, पनि तपाईँको फोनमा भएका सम्पर्कहरू सजिलैसँग पुन स्टोर गर्न सकिन्छ। पुरानो सम्पर्कहरू कुनै एक एन्ड्रोइड उपकरणबाट अर्कोमा रिइन्स्टल गर्न सकिन्छ।

गूगलमा सम्पर्क नम्बरहरु स्टोर गर्न र रिस्टोर गर्न तपाईंले यी चरणहरू अनुसरण गर्नुपर्छ।

सम्पर्क नम्बरहरू एक्स्पोर्ट गर्नुहोस्

  • तपाईंको एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटको कन्ट्याक्टस् एपमा जानुहोस्।
  • माथि दायाँ देखिने मेनूमा ट्याप गर्नुहोस् र सेटिंग्समा जानुहोस्।
  • यस पछि तपाईँले एक्स्पोर्टको विकल्प पाउनुहुनेछ।
  • तपाईं कुन एकाउन्टबाट सम्पर्कहरू ब्याकअप गर्ने भनेर छनौट गर्न सक्नुहुनेछ।
  • त्यसपछि Export to .VCF file फाईलमा ट्याप गर्नुहोस् र सम्पर्कहरूको ब्याकअप बनाउनुहोस्।

स्वचालित ब्याकअप खोल्नुहोस्
जब तपाईं नयाँ स्मार्टफोनमा गूगल एकाउन्ट सेटअप गर्दै हुनुहुन्छ भने त्यहाँ गूगलले तपाईंलाई सोध्नेछ कि के तपाईं गूगल ड्राईभमा फोनको डाटा ब्याकअप गर्न चाहनुहुन्छ, त्यसो हो भने यहाँ तपाईं टगल अन गर्नुपर्नेछ। यस बाहेक, तपाई यसलाई आफ्नो फोनको सेटिंग्सबाट पनि परिवर्तन गर्न सक्नुहुनेछ।

  • तपाईंको एन्ड्रोइड फोनको सेटिंग्स खोल्नुहोस्।
  • यस पछि, सिस्टममा जानुहोस् र ब्याकअपमा ट्याप गर्नुहोस्।
  • यहाँ गूगल ड्राइभमा ब्याकअप(Back up to Google Drive)को अगाडि देखिरहेको टगल अन गर्नुहोस्।

ब्याकअपबाट यसरी सम्पर्कहरू रिस्टोर गर्नुहोस्

  • सबैभन्दा पहिले आफ्नो फोनको सेटिंग्समा जानुहोस्।
    त्यसो भए गूगलमा ट्याप गर्नुहोस्।
  • यहाँ सेवाहरू अन्तर्गत तपाईं सम्पर्कहरू रिस्टोरको (Restore Contacts) विकल्प देख्नुहुनेछ।
  • यदि तपाईले एकभन्दा धेरै एकाउन्टहरु फोनमा लग इन गर्नु भएको छ भने डिभाइसले तपाईंलाई कुन खाताबाट सम्पर्कहरू रिस्टोर गर्ने भनेर सोध्नेछ।
  • यस पछि, एकाउन्टमा कनेक्ट रहेको सो पुरानो फोनको नाममा ट्याप गर्नुहोस् जसको सम्पर्कहरू तपाईले कपी गर्न चाहानुहुन्छ।
  • यहाँबाट तपाइँ सिम कार्ड र डिभाएस स्टोरेजको विकल्प पाउनुहुनेछ।
  • अब रिस्टोरमा ट्याप गर्नुहोस् र केही समयपछि तपाईंलाई ‘सम्पर्क रिस्टोर’ (Contacts restored)लेखिएको देखिनेछ।
  • राम्रो कुरा के हो भने फोनमा पहिले बचत गरिएका सम्पर्कहरू फेरि रिस्टोर हुँदैन, यसैले दोहोरो सम्पर्कहरू सिर्जना हुँदैन।
TK Viber

प्रकाशित: ७ कार्तिक २०७७, शुक्रबार

Comments are closed.

Loading...