दशैंमा खल्तीले ल्यायो दुइ जोडीको लागि माउन्ट एभरेस्टमा ब्रेकफास्ट अफर

Technology Khabar ६ कार्तिक २०७७, बिहीबार

दशैंमा खल्तीले ल्यायो दुइ जोडीको लागि माउन्ट एभरेस्टमा ब्रेकफास्ट अफर
Classic Tech
Nepal Telecom

नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने ग्राहकलाई हुने गरी ‘खल्तीको डिजिटल खुसियालीः एभरेस्टमा ब्रेकफास्ट’ अफर ल्याएको छ।

एभरेस्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ। यसरी भुक्क्तानी गर्ने मध्ये एक/एक जना गरी दुइ भाग्यशाली बिजेता छानिने छन्। जति बढी पटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहने कम्पनीको दाबी छ।

दुइ भाग्यशाली बिजेताले आफु र आफ्नोको लागि सगरमाथामा गई ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र आउन दुइ तर्फी प्लेनको टिकट, ट्रेक बारे जानकारी, लुक्लाबाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टको सुविधा उपलब्ध हुने छ ।

यस अफरको अन्तिम यही मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै बिजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ ।

अन्तिममा यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार

Comments are closed.

Loading...