नेपाल टेलिकमका महशुल भुक्तानी काउन्टरहरु दशैं र तिहार बिदामा पनि खुला हुने

Technology Khabar ६ कार्तिक २०७७, बिहीबार

नेपाल टेलिकमका महशुल भुक्तानी काउन्टरहरु दशैं र तिहार बिदामा पनि खुला हुने
फाइल
Classic Tech
Nepal Telecom

नेपाल टेलिकमले दशैं तथा तिहारको विदाको समयमा पनि आफ्ना विभिन्न काउन्टरहरु संचालन गर्ने भएको छ ।

कम्पनीले दशैंको विदा कात्तिक ९ र १० गते तथा तिहारको समय कात्तिक ३० गते पनि विभिन्न महशुल तिर्ने काउन्टर खुला राख्ने भएको हो ।

टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंकाअनुसार दुरसञ्चार कार्यालय सुन्धारा, पाटनको पुल्चोक काउन्टर, भरतपुर, हेटौंडा, चावहिल, गोंगबु, ठिमी, बनेपा, चरीकोट, मन्थली र बाह्रबिसेमा रहेका कम्पनीका काउन्टरहरु खुला रहने जानकारी दिएको हो ।

ती काउन्टरहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछन् ।

खुला रहने काउन्टरहरुबाट पिएसटिएन, एडिएसएल, एफटिटिएच, जीएसएम सिडिएमएको महशुल भुक्तानी तथा सिम कार्ड वा रिम कार्ड बितरण तथा परीवर्तन सम्बन्धी कार्य गर्न सकिने जनाएको छ।

TK Viber

प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार

Comments are closed.

Loading...