फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ

Technology Khabar ५ कार्तिक २०७७, बुधबार

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले पाल्पा माथागढी गाउँपालिका-१ बस्ने अभिषेक नेपाललाई पक्राउ गरेको हो।

नेपालले उक्त ग्रुपमा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक साम्रगी पोष्ट गर्ने, महिलाई अपमान गरि हैरानी दिने तथा प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने विभिन्न माध्यमबाट प्राप्त सूचना तथा निवेदनको आधारमा पक्राउ गारिएको साइबर व्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए।

प्रवक्ता अर्यालका अनुसार नेपाललाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा निजकै घरबाट पक्राउ गरि थप अनुसन्धान भईरहेको छ।

यसअघि पनि सोही ग्रुपका चलाउने मध्येका एकलाई पक्राउ गरिसकेको छ।

easy care

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार