अमेजनका कर्मचारीहरुले सन् २०२१को जुन महिनासम्म घरबाटै काम गर्न सक्ने

Technology Khabar ५ कार्तिक २०७७, बुधबार

अमेजनका कर्मचारीहरुले सन् २०२१को जुन महिनासम्म घरबाटै काम गर्न सक्ने

काठमाडौं ।

अमेजन इंकका कर्मचारीहरुले कोभिड-१९ महामारीको कारण अफिसमा फर्कने समयरेखा विस्तार गर्दै आगामी जुन महिनासम्म नै घरबाटै काम गर्न पाउने भएका छन् ।

हालै कम्पनीले वर्क फ्रम होमको सुबिधालाई थप बिस्तार गर्दै आगामी जुन महिनासम्म पुयाएको र कर्मचारीहरुले घरबाटै काम गर्न सक्ने बताएको छ ।

‘घरबाट प्रभावकारी ढंगले गर्न सकिने भूमिकामा काम गर्ने कर्मचारीहरूलाई जुन ३०, २०२१ सम्म स्वागत छ,’ अमेजनका प्रवक्ताले मंगलबार एक ईमेल विज्ञप्तिमा भने, ‘यो निर्देशन विश्वव्यापी रूपमा लागू हुन्छ।’

अमेजनले पहिले यो विकल्पमा जनवरीसम्मका लागि अनुमति दिएको थियो।

विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा विक्रेताले यस वर्ष १९ हजार भन्दा धेरै अमेरिकी फ्रन्टलाइन मजदुरहरू कोरोनाभाइरसबाट प्रभावित गरेको जानकारी दिएको करिब ३ सता भित्रै यो नयाँ निर्णय गरेको हो ।

केही कर्मचारीहरू, निर्वाचित अधिकारीहरू र युनियनहरूले हालका महिनाहरूमा महामारीको समयमा अमेजनले गोदामहरू खुला राखेर कामदारहरूको स्वास्थ्यलाई जोखिममा हालेको आरोप लगाएका छन् ।

‘हामीले कार्यालयमा आउन चाहने कर्मचारीहरुका लागि शारीरिक दूरी, ससक्त सफाई, तापक्रम जाँच, र अनुहार ढाक्न र ह्याण्ड स्यानिटाइजर प्रदान गरेर सुरक्षित राख्नको लागि हामीले महत्त्वपूर्ण कोष र स्रोतहरू लगानी गरेका छौं,’ अमेजनका प्रवक्ताले मंगलबार भने।

यसअघि ट्विटर फेसबुक र माइक्रोसफ्टले पनि वर्क फ्रम होमको लागि विकल्पहरु बिस्तार गरेका छन् । एजेन्सी

easy care

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार