नोकियाको नयाँ वायरलेस हेडफोन सार्वजनिक, एक चार्जमा ४० घण्टासम्म प्रयोग गर्न सकिने

Technology Khabar ५ कार्तिक २०७७, बुधबार

नोकियाको नयाँ वायरलेस हेडफोन सार्वजनिक, एक चार्जमा ४० घण्टासम्म प्रयोग गर्न सकिने
Classic Tech

नोकियाले नयाँ पावरफुल वायरलेस हेडफोन लन्च गरेको छ, जसको बारेमा कम्पनीले दावी गरेको छ कि तपाईं यसलाई एकल चार्जमा ४० घण्टासम्म प्रयोग गर्न सक्नुहुनेछ। साथै, यसको साउण्ड क्वालिटी पनि धेरै जबरजस्त रहेको छ।

नोकिया एसेन्सिअल वायरलेस हेडफोन (Nokia Essential Wireless Headphones) युरोपमा ४० यूरोमा लन्च गरिएको छ र यो नोभेम्बरदेखि विश्वव्यापी रूपमा किन्न सकिनेछ।

यो वायरलेस हेडफोन कालो रंगमा मात्र उपलब्ध हुनेछ।

नोकियाको वायरलेस हेडफोन फोल्ड गर्न सकिने किसिमका छन् र यदि आवश्यक परेमा यसमा ३.५ एमएम ज्याकको साथ तपाईँले तारहरू जोडन र कुनै पनि उपकरणसँग जडान गर्न सक्नुहुन्छ।

यो हेडफोनले गूगल असिस्टेन्ट र सिरि जस्ता भ्वाइस असिस्टेन्ट फिचरहरू पनि सपोर्ट गर्दछ। यसमा माइक पनि राखिएको छ।

नोकियाको नयाँ हेडफोनमा ५०० एमएएचको ब्याट्री प्याक रहेको छ जसलाई पुरै चार्ज गर्न ३ घण्टा लाग्नेछ भने एक चार्जमा ४० घण्टासम्म प्रयोग गर्न सकिनेछ । एजेन्सी

TK Viber

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

Loading...