फेसबुकले ल्यायो एआईमा आधारित मशिन लर्निङ्ग टूल, सिधै १०० भाषाहरु अनुवाद गर्नसक्ने

Technology Khabar ४ कार्तिक २०७७, मंगलवार

फेसबुकले ल्यायो एआईमा आधारित मशिन लर्निङ्ग टूल, सिधै १०० भाषाहरु अनुवाद गर्नसक्ने

काठमाडौं ।

सोशल नेटवर्किङ्ग साइट फेसबुकले सम्पूर्ण विश्वलाई जोड्ने क्रममा भाषा अवरोध नबनोस भनेर एउटा विशेष मशिन लर्निङ्ग सफ्टवेयर तयार गरेको छ।

फेसबुकको आर्टिफिशियल इंटेलिजेंस (एआई) मा आधारित मशिन लर्निंग सफ्टवेयरले १०० भन्दा बढी भाषाहरूमा अनुवाद गर्न सक्दछ।

अझ रोचक विषय भनेको यसले अंग्रेजी भाषाको सहयोग बिना नै यो उपकरणले सीधै एक भाषाबाट अर्को भाषामा अनुवाद गर्दछ ।

यो आफ्नो प्रकारको पहिलो प्रणाली भएको कम्पनीको भनाई छ । यसलाई एम२एम-१००(M2M-100) नाम दिईएको छ, जसले कयौं भाषाहरुलाई (धेरैबाट-धेरैसम्म) अन्य भाषाहरुमा अनुवाद गर्दछ।

फेसबुक इंकद्धारा ओपन सोर्स आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर ठूलो सामाजिक नेटवर्कमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिनको लागि डिजाइन गरिएको हो।

विश्वभरिका करोड़ौं प्रयोगकर्ताहरूले १०० भन्दा बढी भाषाहरूमा यस प्लेटफर्ममा सामाग्री लेख्छन र साझेदारी गर्छन्। फेसबुकले आफ्नो प्लेटफर्ममा १६० भाषाहरूमा राम्रो सामाग्री शेयर गर्नका लागि यस सफ्टवेयरको डिजाइन गरेको हो।

अनुसन्धान सहायक एन्जेला फ्यानले ब्लग पोस्टमार्फत भनिन, ‘मशिनमार्फत हुने अनुवादको हिसाबले फेसबुक एआईको पछिल्ला कयौं वर्षहरूमा यो ठूलो उपलब्धी हो।’

उनकाअनुसार नयाँ मोडेल बाँकी रहेका प्रणालीहरू भन्दा धेरै उत्तम छ किनकि यो अंग्रेजीमा भर पर्दैन। अन्य सफ्टवेयरहरुले भने कुनै अर्को भाषालाई अंग्रेजीमा अनुवाद गरेर त्यसपछि मात्र अर्को भाषामा अनुवाद गर्दछ ।

फेसबुकले बताएअनुसार प्लेटफर्ममा समाचार फिडमा मात्रै दैनिक २० अर्ब अनुवाद गरिन्छ र नयाँ प्रणालीको सहयोगमा उनीहरू अझ राम्रो परिणाम दिन सक्षम हुनेछन्।

easy care

प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार